Thursday, February 26, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे २ लाख जरिवाना वा ३ वर्षसम्म कैद

राष्ट्र आवाज by राष्ट्र आवाज
February 25, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे २ लाख जरिवाना वा ३ वर्षसम्म कैद

Pictures in 2024

1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। निर्वाचन प्रचारप्रसारमा अवरोध पुर्‍याए दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार प्रचलित सङ्घीय कानुनबमोजिम कुनै राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचनको प्रचारप्रसार गर्न, उम्मेदवारी दिन वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्‍याउने, पुर्‍याउन लगाउने, थुनछेक गर्ने वा गराउने कार्य दण्डनीय हुनेछ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले विभिन्न माध्यमबाट दल र उम्मेदवारहरूको चुनावी गतिविधिको अनुगमन गरिरहेको जनाएको छ। यसक्रममा केही स्थानमा फरक राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा अवरोध सिर्जना गरिएको गुनासो तथा उजुरी प्राप्त भएको आयोगले उल्लेख गरेको छ। यस्ता घटनाबारे सञ्चारमाध्यमबाट समेत जानकारी आएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा कुनै दल, उम्मेदवार वा भातृ संगठनले आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा अवरोध गर्न नहुने स्पष्ट व्यवस्था गरिएको छ।

यस्तै, निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार निर्वाचन प्रक्रियामा कसैलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट रोक्ने उद्देश्यले गरिने अवरोध गैरकानुनी मानिने व्यवस्था छ।

निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको आयोगको भनाइ छ। आयोगले कानुन विपरीतका गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।

Previous Post

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी र हिमाली भू-भागमा वर्षा तथा हिमपातको सम्भावना

Next Post

पटेलनगरमा रास्वपाको कोणसभा सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पटेलनगरमा रास्वपाको कोणसभा सम्पन्न

पटेलनगरमा रास्वपाको कोणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l