Saturday, June 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी र हिमाली भू-भागमा वर्षा तथा हिमपातको सम्भावना

राष्ट्र आवाज by राष्ट्र आवाज
February 25, 2026
in समाचार, समाज, सम–सामयिक
0
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी र हिमाली भू-भागमा वर्षा तथा हिमपातको सम्भावना
2
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायम रहेको छ। यस प्रणालीका कारण केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको छ।

हाल बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। देशका अधिकांश पहाडी र हिमाली भू-भागमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु देखिने सम्भावना छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी पहाडी भू-भागमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

त्यस्तै, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति तराईका थोरै स्थानहरूमा तुँवालो लाग्ने सम्भावना छ। गण्डकी प्रदेश का पहाडी तथा हिमाली भू-भाग र अन्य प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

मौसमविद्ले वर्षा, हिमपात र चट्याङको सम्भावना रहेकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेका छन्।

Previous Post

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

Next Post

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे २ लाख जरिवाना वा ३ वर्षसम्म कैद

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे २ लाख जरिवाना वा ३ वर्षसम्म कैद

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे २ लाख जरिवाना वा ३ वर्षसम्म कैद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l