Wednesday, February 25, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्साका १६५ मतदानस्थलको अनुगमन सम्पन्न, ६२ अतिसंवेदनशील सूचीमा

राष्ट्र आवाज by राष्ट्र आवाज
February 24, 2026
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक
0
निर्वाचन नौ दिन बाँकी :आचारसंहितामा कडाइ गर्दै आयोग
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 वीरगञ्ज । पर्सामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तर्गत जिल्ला सुरक्षा समितिले १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षण कार्य सम्पन्न गरेको छ। जिल्लामा कुल १६७ मतदानस्थल रहेकामा अब दुई मतदानस्थलको निरीक्षण गर्न बाँकी रहेको जनाएको छ।

जिल्ला सुरक्षा समिति पर्सा ले प्रमुख जिल्ला अधिकारी भोला दाहाल को नेतृत्वमा जिल्लाका चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालय पर्सा सँग समन्वय गर्दै अनुगमन गरिरहेको छ।

प्रजिअ दाहालले हालसम्म १६५ मतदानस्थलको निरीक्षण गरिसकिएको र बाँकी दुई मतदानस्थलको पनि छिट्टै अनुगमन गरिने जानकारी दिए। उनले भयरहित, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे। अनुगमनका आधारमा आवश्यक शान्ति–सुरक्षाको रणनीति तयार पारिएको पनि उनले बताए।

जिल्ला सुरक्षा समितिले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ६२ मतदानस्थललाई अतिसंवेदनशील, ८५ लाई संवेदनशील र २० लाई कम संवेदनशील सूचीमा वर्गीकरण गरेको छ।

जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल रहेका छन्। जिल्लाभर ४४१ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन्।

निर्वाचन क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० तथा क्षेत्र नं ३ र ४ मा समान ११४–११४ मतदान केन्द्र रहेका छन्। पर्सा जिल्लामा कुल तीन लाख ७६ हजार ५१३ मतदाता रहेका छन्। तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन्।

Previous Post

निर्वाचनमा स्वास्थ्यकर्मी नखटाउन आयोगलाई स्वास्थ्य मन्त्रालयको आग्रह

Next Post

वीरगञ्ज–१८ का स्वतन्त्र उम्मेदवार नरेश यादव एमालेमा प्रवेश

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगञ्ज–१८ का स्वतन्त्र उम्मेदवार नरेश यादव एमालेमा प्रवेश

वीरगञ्ज–१८ का स्वतन्त्र उम्मेदवार नरेश यादव एमालेमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l