काठमाडौं — सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ तोकेको जनाएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।
यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ। पछिल्लो वृद्धि भए पनि उक्त उच्च बिन्दु भने अझै पार भएको छैन।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ हजार ५९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि माघ १५ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च स्तर हो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा विनिमय दरमा आएको उतारचढावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा परिवर्तन देखिएको व्यवसायीहरूको भनाइ छ।
अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद