Monday, February 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

धादिङ जिल्ला बस दुर्घटना : ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिकसमेत परे

राष्ट्र आवाज by राष्ट्र आवाज
February 23, 2026
in समाचार, समाज, सम–सामयिक, सरोकार
0
धादिङ जिल्ला बस दुर्घटना : ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिकसमेत परे
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुष गरी १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा घाइते भएका २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ।

धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा एक जना न्यूजील्याण्डका नागरिकसहित केही विदेशी पर्यटकसमेत परेका छन्।

पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडास्थित सडकबाट करिब ३ सय मिटर तल खस्दै त्रिशूली नदी किनारमा पुगेको थियो। बस पूर्ण रूपमा क्षतविक्षत अवस्थामा फेला परेको थियो।

उद्धार टोलीले डुंगाको सहायताले यात्रुहरुलाई घटनास्थलबाट करिब एक किलोमिटर तलसम्म ल्याएर त्यहाँबाट सडकसम्म उकालो चढाई एम्बुलेन्समार्फत अस्पताल पठाएको थियो। रातिको समय, अप्ठेरो भौगोलिक अवस्था र उद्धार सामग्रीको अभावका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए। “टर्च बाल्दै घाइतेहरुको उद्धार गर्‍यौं, उद्धार सामग्रीको अभाव महसुस भयो,” उनले घटनास्थलबाट भने।

उनका अनुसार ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई जीवितै उद्धार गरिएको छ। दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको नेतृत्वमा टोली खटिएको थियो भने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको विशेष टोली पनि उद्धारमा संलग्न भएको थियो।

Previous Post

स्थानीय तहका जनप्रतिनिधिलाई प्रचारप्रसारमा सहभागी नहुन निर्वाचन आयोगको आग्रह

Next Post

फ्लोरिडामा ट्रम्पको निवास नजिकै गोलीकाण्ड, संदिग्ध व्यक्ति मारिए

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
फ्लोरिडामा ट्रम्पको निवास नजिकै गोलीकाण्ड, संदिग्ध व्यक्ति मारिए

फ्लोरिडामा ट्रम्पको निवास नजिकै गोलीकाण्ड, संदिग्ध व्यक्ति मारिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l