Saturday, February 21, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रोटरी क्लब द्वारा बिरगंजमा रक्तदान कार्यक्रम सम्पन्न ,४९ जनाले गरे रक्तदान ।

राष्ट्र आवाज by राष्ट्र आवाज
February 21, 2026
in समाचार
0
रोटरी क्लब द्वारा बिरगंजमा रक्तदान कार्यक्रम सम्पन्न ,४९ जनाले गरे रक्तदान ।
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

लालबाबु सिंह ९ फाल्गुन बिरगंज । रोटरी क्लब बिरगंजले रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । रक्तदान नै जिवनदान हो को नारालाई मुलमन्त्र बनाइ देश समाजमा रहेको कृति बिकृती कुप्रथाहरुको विभिन्न कार्यक्रम मार्फत जनचेतना फैलाउदै निर्मुल पार्नुको साथै दिन दुखी असहाय बिपन्नको सेवा सहयोग गर्दै आएको रोटरी क्लब बिरगंज र रोटरी क्ल्ब मेट्रोपोलिस क्लबले सन्युक्त रुपमा रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएको खबर प्राप्त भए पश्चात् शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिला सहित ४९ जनाले रक्तदान गरेको मेट्रोपोलिसका अध्यक्ष सन्जय जोशिले बताए ।

रक्तदान गर्नेहरुमा बिधा भारती,स्वेता गुप्ता, कविता खेतान,सुनिल खेतान,विशाल शर्मा,गणेश राम,आयुष सिंह ,रवि श्रेष्ठ ,श्याम अग्रवाल लगायत रक्तदाताहरुले रक्तदान गरि मानवता बलियो बनाएका थिए

सो अवसरमा अध्यक्ष जोशिले बिरगंजमा रगतको कमि भएको खबर प्राप्त हुदा आफुहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत चोटो समयमा आजको रक्तदान कार्यक्रमको आयोजना गरेको र रक्तदान भनेको दिनेलाइ केही घाटा हुदैन र लिने लाई त कति फाईदा कति फाईदा मात्र हुने हैन की जीवन नै बाच्ने भएकोले हामी सबैले प्रत्येक ३ तीन महिनामा रक्तदान गरि कसैको जिवन जोगाएर मानवता बलियो बनाउन आग्रह गर्दै आआफ्नो अमुल्य रगतदान गरि कार्यक्रम सफल बनाइदिनुहुने सम्पुर्ण रक्तदाताहरु एवं सहयोगी प्रती आभार ब्यक्त गरेका थिए ।

सो हि अवसरमा अध्यक्ष खेतानले रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएकोले बिरगंजको नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरुमा उपचाररत बिरामिहरुको उपचारमा निकै समस्या आइरहेकोले रक्तदान गर्न गराउन सबैले हातेमालो गरि मानवता बलियो बनाउन जोड दिएका थिए ।

माइस्थान पार्कमा सम्पन्न सो रक्तदान कार्यक्रम रोटरी क्लब बिरगंजका अध्यक्ष सुनिल खेतान र रोटरी क्लब मेट्रोपोलिसका अध्यक्ष संजय जोशिको संयुक्त अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अतिथिहरु जेष्ठ नागरिक संघ मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार समाजसेवी जगदिश शर्मा,नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल,नारायणी अस्पतालका मेसु डा. चित्ररन्जन साह,डा. आनन्द अग्रवाल,बिरगंज कपडा बैंक का अध्यक्ष लालबाबु सिंह ,रोटरी क्लबका पुर्व अध्यक्ष शशीरन्जन कलवार ,गहवामाइ रथयात्रा बिरगंजका महासचिव लक्ष्मी गुप्ता ( पप्पु) ,रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डे लगायत रोटरी क्लबका पदाधिकारी सदस्यहरु लगायत अग्रज ,महिला,युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा अतिथिहरुले हामिले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिने भएकोले यस्तो पवित्र कार्य गर्ने सम्पुर्ण रक्तदाताहरु इश्वरका साक्षात दुत हुन भन्दै सम्पुर्ण युवा ,अग्रज, महिलाहरुलाइ रक्तदान गर्न आग्रह गर्दै रोटरी क्लब परिवारलाई बधाई एवं धन्यवाद प्रदान गरेका थिए ।

Previous Post

रौतहटमा कर्फ्यू

Next Post

सुनसरीमा कांग्रेस–रास्वपा कार्यकर्ता बीच झडप,प्रहरीले गर्‍यो लाठीचार्ज

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सुनसरीमा कांग्रेस–रास्वपा कार्यकर्ता बीच झडप,प्रहरीले गर्‍यो लाठीचार्ज

सुनसरीमा कांग्रेस–रास्वपा कार्यकर्ता बीच झडप,प्रहरीले गर्‍यो लाठीचार्ज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l