Saturday, February 21, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रौतहटमा कर्फ्यू

राष्ट्र आवाज by राष्ट्र आवाज
February 21, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार
0
रौतहटमा कर्फ्यू
1
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, ९ फागुन – रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिँदा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू लागू गरिएको छ। झडप मस्जिदमा प्राथना भइरहेको बेलामा हिन्दू समुदायले बाजा बजाएको विषयमा सुरु भएको थियो।

घटनापछि शुक्रबार बिहानदेखि गौर क्षेत्र तनावग्रस्त बनेको थियो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार, कर्फ्यू पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्म लागू गरिएको छ।

स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ। गौरका वडा नम्बर ४, ५ र ६ मा झडप भइरहेको छ।

कर्फ्यू अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा प्रदर्शन गर्न वा आवतजावत गर्न निषेध गरिएको छ। प्रहरीले जनाएको छ कि प्रदर्शनकारीहरूले केही सवारी साधनमा आगजनी गरेका छन्, घरमा तोडफोड भएका छन् र केही व्यक्ति सामान्य घाइते भएका छन्।

प्रशासनले अवस्था बिग्रन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरेको छ।

Previous Post

बिरगंज ३१ का बुद्धिजीवीहरुको समुहले पार्टी प्रवेश नगरिकनै घण्टीमा मतदान गर्ने भद्र सहमती ।

Next Post

रोटरी क्लब द्वारा बिरगंजमा रक्तदान कार्यक्रम सम्पन्न ,४९ जनाले गरे रक्तदान ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रोटरी क्लब द्वारा बिरगंजमा रक्तदान कार्यक्रम सम्पन्न ,४९ जनाले गरे रक्तदान ।

रोटरी क्लब द्वारा बिरगंजमा रक्तदान कार्यक्रम सम्पन्न ,४९ जनाले गरे रक्तदान ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l