बिरगंज महनगरपालिका ३१ का अधिकांस भद्र – भलादमी र बुद्धिजीवीहरुको एक समुहले आउदो फाल्गुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा रास्वपा प्रवेश नगरेरनै घण्टीमा मतदान गर्ने भद्र सहमती गरेका छन ।
हिजो अबेर राती स्थानिय शिव मन्दिरमा बसेको एक बुद्धिजीवी तथा भलादमिहरुको समुहिक बैठकले जो जो , जुन जुन फरक पार्टीमा रहे पनि यस पटकको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीमा मतदान गर्ने भद्र सहमती भएको हो ।
मुलुकमा बिगत पैतिस बर्षदेखी जकडिएर रहेको कुशासन , भ्रष्टाचार , बेथिति र अनिमियतता लाई समुल अन्त गर्नका निमित्त परिबर्तन जरुरी रहेको र अहिले देश परिबर्तनको संघारमा रहेकोले यो चुनाबमा पार्टी भन्दा माथी उठन जरुरी भएकोले आफुहरु रास्वपा प्रबेश नगरिकनै घण्टीमा मतदान गर्न सहमत भएको बताए ।
यस संगै देशभर फैलिँदै गएको परिवर्तनको बहसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण तीव्र बन्दै जाँदा पर्सा क्षेत्र नम्बर १ को चुनावी माहौलमा उल्लेख्य तरंग देखिन थालेको छ। विशेषगरी यसरि बुद्धिजीवी र भलादमिहरुको समुह्को मौन साथ र समर्थनले संगठनात्मक उपस्थिति मात्र होइन, जनसमर्थनको आधार पनि फराकिलो बन्दै गएको संकेत दिएको छ।
आज सम्पन्न कार्यक्रममा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा आबद्ध ठूलो समूहले पार्टीगत आबद्धता फरक भए पनि प्रतिबद्धता भने रास्वपामा रहने स्पष्ट गरेको छ । स्थानीय स्तरमा प्रभाव राख्ने व्यक्तिहरूको प्रतिबद्धताले आफु उत्साहित भएको रास्वपा पर्सा सभापति एबम पर्सा १ का उम्मेदवार हरि पन्तले बताएका थिए । पन्तले फरक बिचार र सिद्धान्त भएका ब्याक्तित्वहरुको साथ र समर्थनको लहरले समग्र क्षेत्रको राजनीतिक समीकरण परिवर्तन गर्ने दाबी गरे। “ अब परिवर्तनको आवाज र लहर घरघरमा पुग्नेछ,” उनले भने, “जनताले अब पुरानो शैलीको राजनीति होइन, इमानदार नेतृत्व र जवाफदेही शासन खोजेका छन्।”

