Saturday, February 21, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बारा जिल्लाका रास्वपा संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

राष्ट्र आवाज by राष्ट्र आवाज
February 20, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
बारा जिल्लाका रास्वपा संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशका संस्थापक सदस्य तथा बारा जिल्लाका सह–सचिव एवं संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिएका छन्। उनले आजकै मितिदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने निर्णय गरेको जनाएका छन्।

चौधरीले ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ’ र ‘जान्नेलाई छान्ने’ भन्ने मूल नाराबाट प्रेरित भई आफू पार्टीमा आबद्ध भएको उल्लेख गरेका छन्। तर आसन्न फागुन २१ गतेको निर्वाचन प्रक्रियासम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय तथा कार्यशैली स्थापना कालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत रहेको अनुभव गरेको उनको भनाइ छ।

उनका अनुसार संगठनमा सक्रिय रूपमा खटिएका सदस्यहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत गतिविधि बढेको तथा पार्टीका घोषित सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको अवस्था देखिएको छ।

चौधरीले पार्टीका केही निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको आरोपसमेत लगाएका छन्। यस्तो परिस्थितिमा मौन बसिरहन नसक्ने निष्कर्षमा पुगेर आफूले राजीनामा दिएको उनले बताएका छन्।

यस विषयमा पार्टीको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।

Previous Post

दाङमा रास्वपाको सम्पर्क कार्यालय तोडफोड, एमालेसँगको तनाव चुलियो

Next Post

नेपालमा क्यान्सर उपचारको आधुनिक अभ्यासबारे वीरगञ्जमा चिकित्सकहरूसँग विशेष अन्तरक्रिया

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
नेपालमा क्यान्सर उपचारको आधुनिक अभ्यासबारे वीरगञ्जमा चिकित्सकहरूसँग विशेष अन्तरक्रिया

नेपालमा क्यान्सर उपचारको आधुनिक अभ्यासबारे वीरगञ्जमा चिकित्सकहरूसँग विशेष अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l