Saturday, February 21, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रास्वपाले स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी 

राष्ट्र आवाज by राष्ट्र आवाज
February 20, 2026
in समाचार
0
रास्वपाले स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी 
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

यही फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा गर्न लागिएको चुनावी सभा स्थगित गरिएको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।

उक्त स्थानका सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साले सम्बोधन गर्ने तालिका थियो । तर विशेष कारणले ती दुवै स्थानको सभा हाललाई स्थगित गरिएको रावलले बताइन् । तर उनले के कारणले ती दुई स्थानको सभा स्थगित गरिएको हो खुलाएकी छैनन् ।

बुधबार र बिहीबार रास्वपाले धनगढी र सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभा गरिसकेको छ। सुर्खेतको चुनावी सभामा सहभागी भएपछि रास्वपा वरिष्ठ नेता साह बिरामी भएर काठमाडौं फर्किएका छन् ।

उता सभापति लामिछाने भने सुर्खेतबाट बाँके हुँदै दाङतिर चुनावी अभियान लिएर पुगेका छन् । उनी बिहीबार राति दाङको तुलसीपुरमा पुगेका थिए ।

त्यहाँ सभापति लामिछानेको स्वागत गर्न बसेका रास्वपाका कार्यकर्ताहरूले एमालेको झण्डा जलाएपछि तनाव भइरहहेको छ।

दाङमा एमालेको झण्डा जलाउने घटनाः रास्वपा पार्टीले संलग्नता खण्डन

दाङ, ८ फागुन — दाङको तुलसीपुर बजारमा बिहीबार राति एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै एमाले को चुनाव चिन्ह अंकित झण्डा जलाइएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।

एमाले दाङ जिल्ला अध्यक्ष शिव कुमार आचार्य ले रास्वपा कार्यकर्ताहरूले झण्डा जलाएको आरोप लगाउँदै यसलाई ‘अपरिपक्वताको पराकाष्ठा’ भनेका थिए।

तर रास्वपा सभापति रवि लामिछाने र दाङ जिल्ला सभापति बिनय घिमिरे ले विज्ञप्ति जारी गरी उक्त आरोप खण्डन गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “रास्वपाको बढ्दो जनलहरलाई धुमिल बनाउने उद्देश्यले गरिएको यस्तो निन्दनीय कार्यमा हाम्रो पार्टीको कुनै पनि संलग्नता छैन।”

रास्वपाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न समेत माग गरेको छ। घटनापछि दुवै पार्टीबीच शब्दयुद्ध चलेको छ भने प्रशासनले शान्ति कायम राख्न निगरानी बढाएको छ।

Previous Post

नेशनल मेडिकल कलेजका निर्देशक डा. इशरत जहान अन्सारीको प्रमुख आतिथ्यमा “शाइनिङ स्टार्स” कार्यक्रम दोस्रो दिन सम्पन्न

Next Post

प्रधानमन्त्री सुशीला कार्की मुस्ताङ पुगिन्, महिला नेतृत्वको स्वागत र प्रशासनसँग भेटघाट

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रधानमन्त्री सुशीला कार्की मुस्ताङ पुगिन्, महिला नेतृत्वको स्वागत र प्रशासनसँग भेटघाट

प्रधानमन्त्री सुशीला कार्की मुस्ताङ पुगिन्, महिला नेतृत्वको स्वागत र प्रशासनसँग भेटघाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l