Monday, November 23, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

कांग्रेसले ल्यायो दश बुँदे प्रतिज्ञापत्र : सुन्दर नेपाल निर्माणको खाका समेटिएको दाबी (पूर्णपाठ)

राष्ट्र आवाज by राष्ट्र आवाज
६ फाल्गुन, बुधबार
कांग्रेसले ल्यायो दश बुँदे प्रतिज्ञापत्र : सुन्दर नेपाल निर्माणको खाका समेटिएको दाबी (पूर्णपाठ)
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाली कांग्रेसले १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।

कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि जनकपुरमा आयोजित सभाबाट कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो। पतिज्ञापत्रमा जेनजीको माग भ्रष्टाचार विरोधी भावनालाई सम्बोधन गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेसले प्रतिज्ञापत्रमा पाँच वर्षभित्रै हासिल गर्न सकिने लक्ष्य मात्र नभई आफूले बनाउन चाहेको सुन्दर नेपालको खाका समेटिएको बताएको छ। प्रतिज्ञापत्रमार्फत कांग्रेसले जनताको सम्मानित जीवनको सुनिश्चितता गर्ने, हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमानको रक्षा गर्ने तथा जात, धर्म वा लिङ्गका आधारमा हुने विभेद र हिंसाको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।

युवाहरूलाई स्वदेशमै मर्यादित रोजगारीको अवसर दिने र प्रवासमा रहेका नेपालीको ज्ञान र पुँजीलाई मातृभूमिमा जोड्ने, साना तथा ठूला लगानीकर्तालाई प्रोत्साहन गर्ने, श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्ने र अवैध सम्पत्ति आर्जनलाई निर्ममतापूर्वक नियन्त्रण गर्ने प्रतिबद्धता कांग्रेसले व्यक्त गरेको छ।

कृषिलाई आधुनिक र मर्यादित बनाउँदै मल, बीउ र सिँचाइको अभाव अन्त्य गर्ने र नेपाली उत्पादनलाई विश्व बजारमा ‘ब्रान्ड’ बनाउने, उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका साथ उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यले उपचारको जिम्मेवारी लिने व्यवस्था गर्ने कांग्रेसले दाबी गरेको छ।

शिक्षालाई राष्ट्रको लगानी मान्दै प्रिप्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र नवप्रवर्तनसँग जोड्ने, राज्यका निकायहरूमा दलीयकरणको अन्त्य गर्ने र प्रविधिको प्रयोगमार्फत भ्रष्टाचार र ढिलासुस्ती हटाउने, नेपालको विविधता (हिमाल, पहाड, मधेस) र संस्कृतिलाई संरक्षण गर्दै आधुनिक विश्वसँग प्रतिस्पर्धा गर्ने तहमा पुर्याउने कुरा घोषणापत्रमा लेखिएको छ।

त्यस्तै सार्वभौमिक समानताको जगमा छिमेकी र मित्रराष्ट्रहरूसँग सम्बन्ध राख्ने र नेपाली राहदानीको सम्मान बढाउने, पर्यटन, ऊर्जा, आईटी र पूर्वाधारको द्रुत विकास गर्दै खुला र पर्यावरणमैत्री अर्थतन्त्र निर्माण गर्ने कांग्रेसको वाचा छ।

Previous Post

बारा–४ मा राष्ट्र निर्माण दलका समिम अन्सारीको सक्रियता बढ्दै

Next Post

वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान सुरु

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज