Monday, November 23, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

गौर हत्याकाण्डका हत्यारालाई कारवाही गराउन काठमाडौं–३ बाट उम्मेदवारी दिएको हो : उपाध्याय

राष्ट्र आवाज by राष्ट्र आवाज
२४ माघ, शनिबार
गौर हत्याकाण्डका हत्यारालाई कारवाही गराउन काठमाडौं–३ बाट उम्मेदवारी दिएको हो : उपाध्याय
0
SHARES
0
VIEWS

  माघ २४ – गौर हत्याकाण्डका शहीद परिवारकी सदस्य रुपसागर देवी उपाध्याय चुनावी छलफल तथा भेटघाटलाई तिब्रता दिएकी छन् । आम जनता पार्टी (आजपा)बाट उपाध्यायले काठमाडौं क्षेत्र नं.३ मा उम्मेदवारी दिएकी छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले काठमाडौं क्षेत्र नं. ३ रोजेकी हुन् । जोरपाटीमा मतदातासंग मत माग्दै उपाध्यायले आफूलाई सरकार, अदालत, प्रहरी प्रशासनले न्याय दिन नसकेको बताउदै काठमाडौंमा न्याय माग्दै उम्मेदवारी दिएको बताइन् ।

‘गौर हत्याकाण्डमा मेरो पतीको ज्यान गयो । तर सरकार, अदालत, प्रहरी प्रशासनले अहिलेसम्म मलाई न्याय दिएको छैन् । मेरो पतीको हत्यारालाई कारवाही गराउन मेरो उम्मेदवारी हो,’ उपाध्यायले भनिन्, ‘गौर हत्याकाण्डका हत्यारालाई कारवाही गराउनका लागि यहाँका मतदाताले मलाई मतदान गर्ने भन्दै समर्थन गर्नुभएको छ ।’

गौर हत्याकाण्डमा उपाध्यायका पती नर्मदेश्वर उपाध्यायको हत्या भएको थियो । तर हत्याराहरु खुलेयाम घुम्दैगर्दा पनि सरकारले कारवाही नगरेको उनले बताइन् । ‘यो बिषय म संसदमा जोडदार उठाउछु । साथै आम मतदाताको आवश्यक्ता, चाहनाको ’boutमा समेत संसदमा जोडदार आवाज उठाउने प्रतिबद्धता मैले व्यक्त गरेको छु । मलाई यहाँको मतदाताले मतदान गरेर विजयी बनाउनेमा म पूर्णरुपमा विश्वस्त छु,’ उपाध्यायले भनिन् ।

गौर, रौतहट, मधेसदेखी काठमाडौंसम्म संघर्ष गर्दै, आन्दोलन गर्दै गौर हत्याकाण्डका हत्यारालाई कारवाही गराउन माग गर्दै आएको उनले बताइन् । काठमाडौं ३ बाट मेरो उम्मेदवारी सोही संघर्ष अन्तरगतको अर्को एक पाइला भएको उनले बताइन् ।

अर्को बिषय यहाँ यसअघि बिजयी भएका नेताहरुले काम नगर्दा यहाँका आम जनताले विभिन्न गुनासो व्यक्त गरेको उनले बताइन् । ति समस्या, गुनासोलाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता उपाध्यायले व्यक्त गरेकी छन् ।

गुणस्तरीय शिक्षा, स्वास्थयका साथै सुकुम्बासी, खानेपानी, रोजगारी लगायतको समस्या रहेको र त्यसलाई समाधान गर्न पहल गर्नुपर्ने माग स्थानीयले गरेको उनले बताइन् । ‘ठुलाठुला कुरा गरेर यस क्षेत्रबाट यसअघि निर्वाचन जित्नेले काम नगर्दा स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन् । काठमाडौं क्षेत्र नं. ३ मा खानेपानी, गुणस्तरीय शिक्षा, रोजगार लगायतको समस्या समाधान गर्नुपर्ने माग उहाँहरुको रहेको छ,’ उपाध्यायले भनिन् ‘काठमाडौं मुलुककै संघीय राजधानी हो तर यहाँबाट बिजयी नेताले काम नगर्दा स्थानीयलाई समस्या छ ।’

अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, अनियमितताको अन्त्यका लागि आफूले आजपाबाट उम्मेदवारी दिएको बताउदै खानेपानी, गुणस्तरीय शिक्षा, रोजगारीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजपाले विगतदेखी नै काठमाडौंको सुकुम्बासी समस्या, खानेपानी समस्या, रोजागारी समस्या, मनोमानी कर आतंक बिरुद्ध संघर्ष गर्दै आएको बताउदै उनले यि समस्याहरुको समाधान आफूहरुले नै गर्ने बताए ।

काठमाडौंको धर्म, संस्कृती, रितिरिवाज, कला, साहित्य लगायतको संरक्षण, जर्गेना गर्दै अगाडी बढने बताउदै उनले काठमाडौंलाई देशबासीको मुख्यशहरको रुपमा रहेको र सोही अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Previous Post

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

Next Post

सात करोडको लगानीमा लुम्बिनीमा राइड सेयरिङ ट्याक्सी ‘ई–ड्राइभ नेपाल’ आरम्भ

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज