Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौतामा हस्ताक्षर

राष्ट्र आवाज by राष्ट्र आवाज
January 26, 2026
in समाचार
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशबीच श्रम सम्झौता गर्न डेढ दशकदेखि प्रयास भइरहेकोमा हिजो बेलुका रियादमा एक कार्यक्रमका बीच हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद विन सुलेमान अल–राजीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताले पारदर्शी भर्ना प्रक्रिया, तलब तथा सेवा सुविधा सुनिश्चितता, म्यानपावर ठगी नियन्त्रण र श्रमिकको न्यायमा पहुँच जस्ता विषय समेटेको छ । सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयहरूलाई प्राथमिकताका साथ समेटिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साउदीमा श्रमिकहरूले न्यूनतम तलब नपाएको, करारपत्र फेरबदल गर्ने गरेको, कम्पनीले घर जान नदिएको, उपचारमा लापरवाही गर्ने गरेको जस्ता समस्या लिएर दूतावास तथा वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत वर्ष आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५ सय ५७ जनाले साउदीका लागि श्रम स्वीकृति लिएका थिए । नेपालले श्रम सम्झौता गरेका देशको संख्या १३ पुगेको छ ।

यसअघि नेपालले कतार, दक्षिण कोरिया, बहराइन, जोर्डन, मलेसिया, जापान, मौरिसस्, युनाइटेड अरब इमिरेट्स (यूएई), इजरायल, बेलायत, रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । ओमनसँग मस्यौदामा सहमति भइसकेको छ ।

Previous Post

सिमरा विमानस्थलमा सभापति थापाको भव्य स्वागत

Next Post

भारतद्वारा नेपाललाई निर्वाचन प्रयोजनका लागि ६१ सवारी साधन सहयोग

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
भारतद्वारा नेपाललाई निर्वाचन प्रयोजनका लागि ६१ सवारी साधन सहयोग

भारतद्वारा नेपाललाई निर्वाचन प्रयोजनका लागि ६१ सवारी साधन सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l