Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पूर्वप्रधानमन्त्रीहरुको रोचक चुनावी यात्रा !

राष्ट्र आवाज by राष्ट्र आवाज
January 21, 2026
in समाचार
0
पूर्वप्रधानमन्त्रीहरुको रोचक चुनावी यात्रा !
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

माघ ७, २०८२ काठमाण्डौ – पूर्व प्रधानमन्त्रीहरुमध्ये कांग्रेसका शेरबहादुर देउवा र नेकपाका झलनाथ खनाल फागुन २१ को चुनावबाट पछि हटेका छन् । एमालेका केपी शर्मा ओली र नेकपाका पुष्पकमल दाहाल प्रचण्ड भने फेरि प्रधानमन्त्री बन्ने दावीका साथ चुनावी प्रतिष्पर्धामा होमिएका छन् । अरू दुई पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले पनि उम्मेदवारी दिएका छन् । तर उनीहरुले भने भावी प्रधानमन्त्रीको दाबी गरेका छैनन् । फेरि चुनावी दौडमा खुट्टा उचालेका सबै पूर्वप्रधानमन्त्रीहरुको प्रतिष्पर्धा रोचक हुने भएको छ ।

फागुन २१ को चुनावमा सबैको ध्यान झापा ५ मा केन्द्रित छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिएपछि यो क्षेत्रले थप चर्चा पाएको हो । दुवै नेता भावी प्रधानमन्त्रीको दावेदारसमेत हुन् । ओलीले यसअघि २०६४ मा बाहेक ६ पटक यसै क्षेत्रबाट चुनाव जित्नुभयो र ४ पटक प्रधानमन्त्री बन्नुभयो । २०६४ मा उहाँलाई हराउने माओवादीका विश्वदीप लिङ्देन अहिले नेपाली कांग्रेसको स्थानीय नेता हुनुहुन्छ । ओलीलाई हराएपछि लिङ्देन फेरि उम्मेदवार बन्न पाउनुभएको छैन । ओली भने निरन्तर उम्मेदवार बन्दै आउनुभएको छ ।

भदौको नवयुवा आन्दोलनले फेरि उम्मेदवार बन्ने ओलीको चाहनालाई केही असर पुगेन । तर कांग्रेसका पूर्वसभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भने ठूलो धक्का दियो । यसअघि सातपटक चुनाव जितेको ठाउँ डडेलधुराबाटै फेरि उम्मेदवार बन्ने देउवाको इच्छा थियो । तर विशेष महाधिवेशनबाट शक्तिशाली बनेका गगन थापाले सभापतिको कुर्सीसँगै टिकट पनि नदिने भएपछि देउवा पछि हट्नुभयो । देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव उठ्दै र जित्दै आउनुभएको छ । गृहमन्त्रीका रूपमा सरकारमा प्रवेश गरेका देउवा पाँच पटक प्रधानमन्त्री भइसक्नुभएको छ ।

यसपटक उम्मेदवार बन्न नपाएपछि देउवाको फेरि प्रधानमन्त्री बन्ने बाटो रोकिएको छ भने फेरि प्रधानमन्त्री बन्छु भन्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड चाहिँ सुरक्षित क्षेत्र खोज्दै रुकुम पुग्नुभएको छ । २०६४ सालमा रोल्पा २ र काठमाण्डौ १० को दुईवटै क्षेत्रबाट विजयी भएका प्रचण्डलाई २०७० मा काठमाण्डौ १० फापेन । सिरहा ५ मा पनि मुश्किलको जित भयो । त्यसपछि २०७४ मा चितवन–३ बाट चुनाव जितेका प्रचण्ड २०७९ मा सुरक्षित क्षेत्र खोज्दै गोरखा–२ मा पुग्नुभयो । २०७० मा काठमाण्डौबाट हराउने कांग्रेसका राजन केसीले अब चुनाव नलड्ने घोषणा गर्दा प्रचण्ड भने सुरक्षित ठाउँ खोज्दै यसपालि रुकुम पूर्व पुग्नुभएको छ ।

प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठले गोरखा छोडेर अन्यत्रै गएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई फेरि गोरखा २ फर्कनुभएको छ । अघिल्लोपटक प्रचण्डलाई ठाउँ छोडेका भट्टराई यसपालि प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यो क्षेत्रबाट एमालेले ‘गुन्डा नाइके’ को पहिचान बनाएका मिलन गुरुङ (चक्रे मिलन) लाई र नेकपाले ‘बौद्धिक नेता’ को छवि बनाएका लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ । फरकफरक छविका यी दुई नयाँ अनुहारले चर्चा पाएको क्षेत्रमा पूर्वप्रधानमन्त्री भट्टराईको समेत ‘इन्ट्री’ले यो क्षेत्रको चुनावी रौनक थप बढाएको छ ।

अर्का पूर्व प्रधानमन्त्री एवम् नेकपामा सहसंयोजक माधव नेपाल आफ्नो पुरानै क्षेत्र रौतहट १ पुग्नुभएको छ । २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट चुनाव जितेका नेपालले यसपटक पनि आफ्नै गृहजिल्ला रौतहट रोज्नुभएको हो । माधव नेपालका दुई सारथी एवम् नेकपाका नेताद्वय झलनाथ खनाल र वामदेव गौतमले भने यसपटकको चुनावमा प्रतिस्पर्धा नगर्ने हुनुभएको छ । इलाम १ बाट लामो समयदेखि उम्मेदवारी दिंदै आएका खनाल २०५६ र २०७९ मा पराजित हुनुभएको थियो ।

यसपटक पनि इलाम सुरक्षित नदेखेपछि उहाँ पछाडि हट्नुभएको हो । अर्का नेता गौतमले प्रतिनिधिसभा चुनावमा उठ्नकै लागि राष्ट्रिय सभाबाट राजीनामा दिनुभएको थियो । तर बर्दिया १ बाट चुनाव उठ्ने झन्डै पक्का भए पनि अन्तिम समयमा गौतमको चुनावी यात्रा रोकियो ।

उम्मेदवार बन्ने चाहना हुँदा पनि टिकट नपाउनेमा नेकपाका खनाल र गौतम मात्रै एक्ला छैनन् । पूर्वप्रधानमन्त्री देउवासँगै कांग्रेसका पूर्णबहादुर खड्का, रमेश लेखक, धनराज गुरुङ, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बालकृष्ण खाण, आरजु राणा, शशांक कोइराला, सुजाता कोइराला लगायतले पनि यसपालि अरूकै चुनावी प्रतिस्पर्धा हेरेर चित्त बुझाउने भएका छन् ।

 

 

Previous Post

झौवागुठीमा भव्य JPL T-20 क्रिकेट प्रतियोगिता सुरु

Next Post

पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने

पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l