Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै ओलीलाई पोखरेलको प्रस्ताव– अब अभिभावक बन्नुस्

राष्ट्र आवाज by राष्ट्र आवाज
November 25, 2025
in राजनीति, समाचार, सूचना/प्रविधि
0
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै ओलीलाई पोखरेलको प्रस्ताव– अब अभिभावक बन्नुस्
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ९  –  एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओलीलाई आफैँले अघि सारेको पार्टी लोकतान्त्रिक कारणको मान्यतालाई सम्मान गर्न आग्रह गरेका छन्।

मंगलबार पार्टीको ११औँ महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणाग गर्दै पोखरेलले दुई कार्यकाल मात्रै अध्यक्ष हुने र पार्टीलाई लोकतान्त्रिकरण गर्ने आफ्नो मान्यतालाई सम्मान गर्दै नेतृत्व हस्तान्तणमा सकारात्मक भूमिका खेल्न ओलीलाई आग्रह गरेका हुन्।

एमालेमा दुई कार्यकाल मात्रै अध्यक्ष हुन पाउने विधानको व्यवस्था ओलीले नै स्थापित गरेका थिए। तर दुई पटक अध्यक्ष भइसकेका ओली तेस्रोपटक हुनका लागि गत भदौमा गरिएको विधान महाधिवेशनबाट उक्त प्रावधान हटाएका छन्। यस्तो अवस्थामा पोखरेलले नेतृत्व हस्तान्तरणको सवालमा आफ्नो मूल्यमान्यतामा टिक्न र पुरानै प्रावधानमा फर्किनु पर्ने प्रस्ताव अघि सारेका हुन्।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुँदैछ। त्यसका लागि १३ गते एकै दिन देशैभर महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्यतालिका छ।

‘वर्तमान पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको लोकतान्त्रिकरणका सम्बन्धमा पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नु भएको, आठौं, नवौं र दशौं राष्ट्रिय महाविधेशनले स्वीकार गरेको अवधारणालाई नयाँ सन्दर्भमा थप परिमार्जन गरी लागू गरिनु पर्दछ, पोखरेलले अगाडि भने, ‘जस अन्तर्गत पार्टीको मूख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनस्थापित गरिनु पर्दछ । नेतृत्व विकास र हस्तान्तरणको सहज प्रक्रियालाई कार्यान्वयन गरिनुपर्दछ ।’

पोखरेलले अब तेस्रो कार्यकालका लागि अध्यक्षमा दाबी नगर्न र अभिभावकीय भूमिकामा बस्न ओलीलाई आग्रह गरेका छन्। दुई कार्यकालको प्रावधान ओलीले एमालेको तत्कालीन संस्थापन माधव नेपाल पक्षसँग लडेर स्थापित गरेका थिए। ओली त्यसलाई छाडेर तेस्रो कार्यकाल अध्यक्ष तम्सेपछि पोखरेलले ओलीसँग प्रतिस्पर्धा गर्न दुई कार्यकाललाई नै अस्त्र बनाउन लागेका हुन्।

आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भुमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु ।’

पार्टीलाई पुनर्गठन र रुपान्तरणका लागि आफ्नो उम्मेदवारी भएको उनको भनाइ छ।

‘पार्टी निर्माण सम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरुले गर्नुभएकोआग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ, पोखरेलले भने।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय सच्याउनु पर्ने धारणा अघि सारेका छन्। एक वर्षअघि नै नवीकरण भएको भण्डारीको पार्टी सदस्यता अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएपछि ओलीले उनको सदस्यतालाई रोकिदिएका छन्। त्यसप्रति विमति राख्दै पोखरेलले चार दशक योगदान गरेकी भण्डारीमा सक्रिय राजनीतिमा आउनबाट रोक्न नहुने बताए।

‘चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र उर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुशी र गौरवको विषय हो,’ पोखरेलले अगाडि भने, ‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट बञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ उहाँलाई पार्टी काममा फर्कने बातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’

पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै पार्टी सञ्चालनको रोडम्याप नै प्रस्तुत गरेका छन्। विधि, समन्वय, सामूहिकता र सहकार्यबाट पार्टी चलाउने प्रतिबद्धता जनाएका छन्। उनले ओलीको नेतृत्वमा जबजको सही ढंगले कार्यान्वयन हुन नसकेको भन्दै समीक्षा आवश्यक रहेको जनाएका छन्।

‘जननेता कमरेड मदन भण्डारीको अगुवाईमा स्थापित नेपाली विशेषता र मौलिकतामा आधारित जनताको बहुदलीय जनवादको कार्यान्वयनमा हाम्रो पार्टीलेविगतमा प्राप्त गरेको अनुभवको वस्तुनिष्ठ समीक्षा हुन आवश्यक छ । जनताको बहुदलीय जनवादले भने जस्तैगरी कति अघि बढ्न सक्यौ? स्वंयम्समीक्षा गर्न आवश्यक छ,’ पोखरेलले भने।

उनले पार्टीका तहगत अधिवेशन र जनसंगठनका अधिवेशनमा उच्चतम् सहमतिको प्रयत्नका साथै प्रतिस्पर्धालाई मर्यादित, स्वच्छ र पारदर्शी बनाउनुपर्ने, पार्टीमा जबजको मान्यता अनुरुप नियन्त्रण र सन्तुलनको सिद्धान्त कार्यान्वयन गर्ने, पार्टीका केन्द्रीय निकायहरु अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगलाई महाधिवेशनप्रति जवाफदेही हुने गरी स्वयत्तता प्रदान गर्नुपर्ने प्रस्ताव गरेका छन्।

महाधिवेशन प्रतिनिधि छनोटको पूर्वसन्ध्यामा ओलीले प्रतिनिधि छनोटलाई पारदर्शी बनाउनुपर्ने बताएका छन्। विभिन्न जिल्लामा ओली पक्षलाई समर्थन गर्नेलाई कारबाही गरिएको सूचना बाहिरिएपछि उनले त्यसप्रति खबरदाबी गरेका हन्।

पोखरेलले भने, ‘आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनु पर्दछ । प्रतिस्पर्धाको परिणामलाई सर्वस्वीकार्य गर्ने उच्चतम लोकतान्त्रिक संस्कार विकास गरिनु पर्दछ ।’

Previous Post

दल दर्ताका लागि निर्वाचन आयोग पुग्यो एमाले

Next Post

टेस्ट क्रिकेटमा भारतकाे अहिलेसम्मकै ठूलाे हार, दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
टेस्ट क्रिकेटमा भारतकाे अहिलेसम्मकै ठूलाे हार, दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

टेस्ट क्रिकेटमा भारतकाे अहिलेसम्मकै ठूलाे हार, दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l