Tuesday, March 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

ठोरीका सामुदायिक विद्यालयमा फेरि पनि निराशाजनक नतिजा, कक्षा १२ मा मात्र २४.४७% विद्यार्थी उत्तीर्ण

राष्ट्र आवाज by राष्ट्र आवाज
August 5, 2025
in समाचार
0
ठोरीका सामुदायिक विद्यालयमा फेरि पनि निराशाजनक नतिजा, कक्षा १२ मा मात्र २४.४७% विद्यार्थी उत्तीर्ण
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

२० साउन, ठोरी । एसईई र कक्षा ८ को परीक्षा परिणाममा निराशाजनक देखिएको ठोरीको नतिजा आशा गरिएको कक्षा १२ को नतिजा पनि ठोरी गाउँपालिकाका सामुदायिक विद्यालयहरूका लागि सन्तोषजनक हुन सकेन। सोमबार सार्वजनिक कक्षा १२ को परीक्षाफल अनुसार ठोरीका सामुदायिक विद्यालयबाट कुल १४३ जना परीक्षार्थी सहभागी भएकोमा सोमध्ये ३५ जना मात्र अर्थात् २४.४७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।

यसअघि सार्वजनिक एसईई परीक्षामा ठोरीमा करीब २० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए। यस सन्दर्भमा कक्षा १२ को नतिजा केही सुधार देखिए तापनि, समग्रमा नतिजा अझै निराशाजनक रहेको शिक्षा क्षेत्रका जानकारहरूले बताएका छन्।

सरस्वती मावि ठोरी–२ उत्कृष्ट, ५५.५५% विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजामा ठोरी–२ स्थित सरस्वती माध्यमिक विद्यालय सबैभन्दा उत्कृष्ट देखिएको छ। सो विद्यालयबाट परीक्षामा सहभागी २७ मध्ये १५ जना विद्यार्थी उत्तीर्ण भई ५५.५५ प्रतिशत सफलताको दर हासिल गरेका छन्। विद्यालयले यसपटक ठोरीका अन्य विद्यालयलाई पछि पार्न सफल भएको छ।

यस्तै ठोरी ३ को नेरामावि ओडारबाट ३०.३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सो विद्यालयबाट कुल ३३ जना परीक्षार्थी मध्ये १० जना परीक्षार्थी उत्तीर्ण भई पालिकामा नै दोस्रो हुन सफल भएको सहायक प्रधानाध्यापक चिरञ्जीवी सापकोटाले जानकारी दिए । यस्तै सोमबार प्रकाशित नतिजा अनुसार

ठोरी ४ मा रहेको बिजयबस्ती मावि , १ मा रहेको नेरा प्राविधिक मावि दिपकनगर र ५ मा रहेको ज्ञानवाटिका मावि क्रमशः तेस्रो , चौथो र पाचौँ भएका छन्। विजयवस्तीबाट ३२ जना परीक्षार्थी मध्ये ७ जना , प्राविधिक माविबाट १४ जना परीक्षार्थी मध्ये १ जना र ज्ञानवाटिकाबाट ३७ जना मध्ये २ जना उत्तीर्ण भएका हुन्।

सबैभन्दा धेरै जिपिए नेरामावि ओडारकी छात्रा को

ठोरीमा रहेका कक्षा १२ सन्चालित ५ ओटा विद्यालयमध्ये नेरामावि ओडारकी छात्रा प्रिया श्रेष्ठले सबैभन्दा धेरै जिपिए प्राप्त गरेकी छन्। उनले ठोरीका अन्य परीक्षार्थीलाई पछि पार्दै ३.५५ जिपिए ल्याउन सफल भएको सहायक प्रधानाध्यापक सापकोटाले बताए ।

Previous Post

मधेशमा स्वास्थ्य बीमा गराउने साढे ७ लाख बढी

Next Post

६ दिनदेखि बेपत्ता दाजु बहिनीको शव भेटियो, प्रहरी घटनास्थलमा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
६ दिनदेखि बेपत्ता दाजु बहिनीको शव भेटियो, प्रहरी घटनास्थलमा

६ दिनदेखि बेपत्ता दाजु बहिनीको शव भेटियो, प्रहरी घटनास्थलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l