Tuesday, March 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मधेशमा स्वास्थ्य बीमा गराउने साढे ७ लाख बढी

राष्ट्र आवाज by राष्ट्र आवाज
August 4, 2025
in समाचार
0
मधेशमा स्वास्थ्य बीमा गराउने साढे ७ लाख बढी
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

धनुषा – मधेश प्रदेशमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्डका मधेश प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।

यससँगै प्रदेशमा बीमा गराउनेको सङ्ख्या झन्डै १३ प्रतिशत पुगेको छ । मधेश प्रदेशमा राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार ६१ लाख १४ हजार छ सय कूल जनसङ्ख्या रहेको छ । उहाँले पालिका तथा प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको बताउनुभयो ।

प्रदेश सरकारको आर्थिक सहयोगमा मधेशका सहिद परिवारलाई निःशुल्क बिमा गरिएको छ । गएको आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको ४० लाख रुपैयाले केही सहिद परिवारलाई बीमामा आबद्ध गरिएको उहाँले बताउनुभयो ।

सबै सहिद परिवारको पहिचान गर्न नसकिएर, ठेगाना यकिन गर्न नसकेर र कतिपय परिवार बसाइँसराइ गरेर गएकाले पूर्णरूपमा सहिद परिवारलाई बीमामा समावेश गर्न कठिन भएको उहाँको भनाइ छ । संयोजक  कुशवाहाका अनुसार सरकारले सञ्चालनमा ल्याएका आधारभूत अस्पताललाई बीमा सेवाअन्तर्गत ल्याउने प्रयास भइरहेको छ । साथै, क्यान्सर, मुटु रोग, डायलासिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी जस्ता जटिल रोगका बिरामीका लागि प्रमाणको आधारमा थप एक लाख रुपैयाँको बीमा सीमा थप गरिएको छ ।

Previous Post

महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा चारपाङ्ग्रे गाडी चलाउन रोक

Next Post

ठोरीका सामुदायिक विद्यालयमा फेरि पनि निराशाजनक नतिजा, कक्षा १२ मा मात्र २४.४७% विद्यार्थी उत्तीर्ण

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
ठोरीका सामुदायिक विद्यालयमा फेरि पनि निराशाजनक नतिजा, कक्षा १२ मा मात्र २४.४७% विद्यार्थी उत्तीर्ण

ठोरीका सामुदायिक विद्यालयमा फेरि पनि निराशाजनक नतिजा, कक्षा १२ मा मात्र २४.४७% विद्यार्थी उत्तीर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l