Sunday, November 22, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

पारिजात पब्लिक स्कुलको भ्यान दुर्घटनाः २१ जना घाइते, ६ बालबालिका गम्भीर

राष्ट्र आवाज by राष्ट्र आवाज
१६ श्रावण, शुक्रबार
पारिजात पब्लिक स्कुलको भ्यान दुर्घटनाः २१ जना घाइते, ६ बालबालिका गम्भीर
0
SHARES
0
VIEWS

झापाको मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगीको भित्री सडकखण्डमा शुक्रवार बिहान भएको भ्यान दुर्घटनामा २१ जना घाइते भएका छन्। पारिजात पब्लिक स्कुलका विद्यार्थी बोकेको मे १ ज ३१०७ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना परेका अधिकांश घाइते बालबालिका रहेका छन्।

दुर्घटना मागुरमाडीबाट विद्यालयतर्फ जाँदै गरेको बेला भएको प्रहरीले जनाएको छ। भ्यान आफैं अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ।

दुर्घटनामा परेर झापा मेचीनगर–९ का ४५ वर्षीय चालक गणेश श्रेष्ठसहित २१ जना घाइते भएका छन्। चालकको टाउकोमा चोट लागेको छ र उनको विराटनगरको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये ६ वर्षीय सबिस्का राई, बर्ष ४ का समिरा बिसुङ्खे, १२ वर्षीय संयोग बिसुङ्खे, ६ वर्षीय सोबिस्का राई , ९ वर्षीय अंगु बराई मगर  र शिक्षक २३ वर्षीय प्रिति सिवालाई  गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनीहरूलाई थप उपचारका लागि बीएन्डसी अस्पताल बिर्तामोडमा रेफर गरिएको छ।

अन्य बालबालिका आदित्य राई, सदिक्षा काफ्ले, सोहित राजवंशी, आयान सुब्बा, अनुराग तामाङ, कृष्पा राई, आयानि विक, प्रनिस राई, समर्पण राई, सुसिता किसान, तानसोना लिम्बु, सेसेहाङ लिम्बुलगायतको उपचार धुलाबारीस्थित आम्दा अस्पतालमा भइरहेको छ।

उनीहरुको अवस्था सामान्य रहेको  ईलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डब कुमार राजवंशीले जानकारी दिए। दुर्घटना भएको स्थान धुलाबारीबाट करिब ४ किलोमिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Previous Post

अब सवारी लाइसेन्स १० वर्षका लागि मान्य हुने

Next Post

माओवादी वेबसाइटमा बल्ल चढ्यो नन्दकिशोरको नाम, वरीयता नम्बर ६

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज