Tuesday, March 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

१२ करोड ठगी मुद्दाका फरार सविन उप्रेती पक्राउ

रामेछापका उप्रेती भक्तपुरमा लुकेर बसेको अवस्थामा पक्राउ

राष्ट्र आवाज by राष्ट्र आवाज
July 30, 2025
in समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
१२ करोड ठगी मुद्दाका फरार सविन उप्रेती पक्राउ
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

साउन १४ – १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा फरार रहेका सविन उप्रेती पक्राउ परेका छन्। रामेछाप खाँडादेवी गाउँपालिका–५, पकरबास स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४, दधिकोट बसोबास गर्दै आएका ४२ वर्षीय उप्रेतीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो।

भीम बहादुर कार्की लगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी (सहकारी ऐन अन्तर्गतको कसुर) सम्बन्धी मुद्दामा उप्रेती फरार रहेका थिए । उनलाई साउन १३ गते दिउँसो करिब ४ बजे दधिकोटस्थित घरबाट पक्राउ गरिएको अनुसन्धान कार्यालयले बुधबार जनाएको छ।

पक्राउपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Previous Post

मधेशमा जथाभाबी ‘डीप बोरिङ’ खन्ने सरकारको निर्णय घातक बन्न सक्छ : विज्ञ

Next Post

सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l