Friday, April 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगन्जमा लागू पदार्थ सेवन गरेर सवारी चलाउने चालकविरुद्ध ट्राफिकको कडाइ

राष्ट्र आवाज by राष्ट्र आवाज
April 3, 2026
in समाचार, समाज, सम–सामयिक
0
वीरगन्जमा लागू पदार्थ सेवन गरेर सवारी चलाउने चालकविरुद्ध ट्राफिकको कडाइ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — ट्राफिक प्रहरीले वीरगन्जमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने चालकविरुद्ध चेकजाँच अभियान सुरु गरेको छ।

शुक्रबार बिहान वीरगन्ज महानगरपालिका–१४ स्थित गण्डक चोकमा गरिएको चेकजाँचका क्रममा ३ जना चालकले लागू पदार्थ सेवन गरेको फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटुवालले जानकारी दिए।

उनका अनुसार सो स्थानमा ३४ जना सवारी चालकको लापसे परीक्षण गर्दा ३ जनामा लागू पदार्थ सेवन गरेको पुष्टि भएको हो। ती चालकहरूविरुद्ध आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै चालकहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी निरीक्षक कटुवालले बताए। साथै, यस्तो चेकजाँच अभियानलाई वीरगन्जसहित पर्सा जिल्लाभर निरन्तरता दिइने पनि उनले जानकारी दिए।

Previous Post

पोखरियामा मालपोत कार्यालयबाट तीन बिचौलिया पक्राउ

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l