अनुप यादब – विरगंज चैत्र २० गते
६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर “उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” भन्ने नारासहित एक प्रभातफेरी कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रमलाई भव्य र सफल बनाउन सम्बन्धित संघले सबै सदस्य, सहयोगी तथा आम जनसमुदायमा हार्दिक अनुरोध गरेको छ।
कार्यक्रममार्फत सहकारी क्षेत्रको सुदृढीकरण, उद्यमशीलताको प्रवर्द्धन तथा पारदर्शिताको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
यस संघको सञ्चालक समितिमा अध्यक्ष हरेराम प्रसाद पटेल, वरिष्ठ उपाध्यक्ष जिष्णु बराल, उपाध्यक्ष नगनरायण सिंह, महासचिव राजीव कुमार साह सोनार, सचिव नरेश कुमार चौरसिया, कोषाध्यक्ष अरुण कुमार साह लगायत सदस्यहरूमा विशवास प्रताप साह, हृदय नारायण साह, मनु राउत कुर्मी, धर्मनाथ प्रसाद कुशवाहा, सिता मुखिया विन, रमेश कुमार दत्त र निरा देवी झा रहेका छन्। कार्यक्रम संयोजकको रूपमा मनोज गुप्ताले जिम्मेवारी सम्हाल्ने भएका छन्।
आयोजकले सबैलाई कार्यक्रममा सक्रिय सहभागिता जनाई सहकारी अभियानलाई थप सशक्त बनाउन आग्रह गरेको छ।

