Thursday, April 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगंजमा हनुमान जन्मोत्सवको अवसरमा २१ गते ‘बृहत् शोभा यात्रा’ निकालिने

राष्ट्र आवाज by राष्ट्र आवाज
April 2, 2026
in समाचार, समाज, सम–सामयिक
0
वीरगंजमा हनुमान जन्मोत्सवको अवसरमा २१ गते ‘बृहत् शोभा यात्रा’ निकालिने
4
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

विश्व हिन्दू परिषद्को अगुवाईमा हनुमान जन्मोत्सवको पावन अवसर पारेर वीरगंजमा आयोजना हुन लागेको ‘बृहत शोभा यात्रा’ आउने यही २१ गते शनिबार दिनको १ बजे भव्यताका साथ निकालिने भएको छ। यस धार्मिक अनुष्ठान अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर ६ बाट निकालिने शोभा यात्राको मुख्य नेतृत्व श्री गहवामाई तिर्थ क्षेत्र विकास समितिले गर्ने भएको छ।

​यसपटकको शोभा यात्रालाई व्यवस्थित र प्रभावकारी बनाउन शोभा यात्रा संयोजक ओशन गुप्ताको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ। संयोजक गुप्ताको नेतृत्वमा वीरगंजका लगायत सम्पूर्ण हिन्दू संगठनहरू एकताबद्ध भई यस कार्यक्रमलाई सफल बनाउन जुटेका छन्। “मम दिक्षा हिन्दू रक्षा : मम मन्त्र समानता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस यात्रामा नगरका बुद्धिजीवी, युवा, तथा महिलाहरूको विशेष सहभागिता रहने आयोजकले जनाएको छ।

​यस कार्यक्रमका बारेमा जानकारी दिँदै डा. पुरुषोतम दुबेले विश्व हिन्दू परिषद्को मूल आयोजना, गहवामाई समितिको अगुवाई र ओशन गुप्ताको संयोजकत्वमा हुने यो यात्रा वीरगंजको इतिहासमै एक ऐतिहासिक धार्मिक सभा हुने बताउनुभएको छ। उहाँका अनुसार, समाजका हरेक तप्काका नागरिकहरू, विशेष गरी युवा र महिला शक्तिको सक्रिय उपस्थितिले यस शोभा यात्रालाई थप ऊर्जावान् र अनुशासित बनाउनेछ।

​श्री गहवामाई तिर्थ क्षेत्र विकास समितिका सचिव श्री लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) ले प्रेस विज्ञप्ति जारी गर्दै आउने २१ गते शनिबार दिउँसो १ बजे माईस्थानबाट सुरु हुने यस यात्रामा सहभागी हुन सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई आह्वान गर्नुभएको छ। सचिव गुप्ताले सम्पूर्ण हिन्दू संगठनहरूको ऐक्यवद्धता र स्थानीय बुद्धिजिविहरूको मार्गनिर्देशनमा निकालिने यस यात्राको सुरक्षा र व्यवस्थापनका लागि स्वयंसेवकहरू समेत परिचालन गरिसकिएको जानकारी दिनुभएको छ।

Previous Post

बिरगंज स्थित मितेरी पुल क्षेत्रमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम भब्यरुपमा सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l