काठमाडौं — नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको छ।
आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको २ लाख ९७ हजार ६ सय रुपैयाँको तुलनामा उल्लेखनीय कमी हो।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूले बताएका छन्।

