Wednesday, April 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगन्जको माईस्थानमा हिन्दु पत्रकार संघको विशेष बैठक: पर्साका ४ वटै सांसदसँग अन्तरक्रिया गरिने

राष्ट्र आवाज by राष्ट्र आवाज
April 1, 2026
in समाचार, समाज, सम–सामयिक
0
वीरगन्जको माईस्थानमा हिन्दु पत्रकार संघको विशेष बैठक: पर्साका ४ वटै सांसदसँग अन्तरक्रिया गरिने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

हिन्दु पत्रकार संघ नेपालको केन्द्रीय समितिको महत्त्वपूर्ण बैठक मंगलबार वीरगन्जको ऐतिहासिक माईस्थानमा सम्पन्न भएको छ। संघका केन्द्रीय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले धार्मिक सम्पदाको संरक्षण र आगामी हनुमान जयन्तीलाई भव्य बनाउने विषयमा रणनीतिक निर्णयहरू गरेको छ।

सांसदसँग मठ–मन्दिरबारे प्रत्यक्ष संवाद
बैठकले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका नवनिर्वाचित सांसदहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सो कार्यक्रममा सांसदहरूको क्षेत्रमा रहेका ऐतिहासिक मठ–मन्दिर, धर्मशाला र धार्मिक स्थलहरूको वर्तमान अवस्था, ती सम्पदाको संरक्षणमा जनप्रतिनिधिको भूमिका र आगामी योजनाबारे विस्तृत छलफल गरिने सचिव राज सराफले जानकारी दिनुभयो।

हनुमान जयन्तीलाई ‘जनउत्सव’ बनाइने
आसन्न हनुमान जयन्तीलाई वीरगन्जमा ऐतिहासिक र भव्य रूपमा मनाउन जनसहभागिता जुटाउने उद्देश्यले संघले व्यापक प्रचार–प्रसार गर्ने निर्णय गरेको छ। यसका लागि हिन्दुवादी संघ–संस्था र धार्मिक स्थलका पदाधिकारीहरूसँग समन्वय गरी धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिइने अध्यक्ष रौनियारले बताउनुभयो।

बैठकमा उपाध्यक्षद्वय विमला गुप्ता र विनोद पटेल, सचिव राज सराफ, कोषाध्यक्ष आनन्द पटेल, सदस्यहरू राकेश साह, अभिलाष गुप्ता, अर्जुन चौधरी, सन्तोष कुशवाहा, राजु बैठा, अनिल ओझा, रवि वर्णवाल, रश्मि राजभण्डारी र सञ्जय साह लगायतको उपस्थिति रहेको थियो।

धार्मिक र सांस्कृतिक पहिचान जोगाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने निष्कर्ष निकाल्दै बैठकले स्थानीय तहमा रहेका ओझेलमा परेका धार्मिक पर्यटकीय स्थलहरूको खोजी र प्रचारमा सक्रिय रहने प्रतिबद्धता समेत जनाएको छ।
वीरगन्जको माईस्थानमा हिन्दु पत्रकारहरूको भेला: हनुमान जयन्तीलाई भव्य बनाउन प्रचार अभियान छेडिने छ।

Previous Post

मधेश प्रदेशमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै, महिला र बालबालिकासहित हजारौं पीडित

Next Post

पर्सा १ का सांसद हरि पन्तले प्रधानमन्त्री बालेन्द्र शाहसँग सिर्सिया नदी प्रदूषण, किसान मल आपूर्ति र क्यासिनो समस्या उठाए

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्सा १ का सांसद हरि पन्तले प्रधानमन्त्री बालेन्द्र शाहसँग सिर्सिया नदी प्रदूषण, किसान मल आपूर्ति र क्यासिनो समस्या उठाए

पर्सा १ का सांसद हरि पन्तले प्रधानमन्त्री बालेन्द्र शाहसँग सिर्सिया नदी प्रदूषण, किसान मल आपूर्ति र क्यासिनो समस्या उठाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l