Wednesday, April 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

धरौटीमा छुटाइदिने बहानामा ९ लाख ठगी गर्ने दम्पती पक्राउ

राष्ट्र आवाज by राष्ट्र आवाज
April 1, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
धरौटीमा छुटाइदिने बहानामा ९ लाख ठगी गर्ने दम्पती पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने बहाना बनाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगर क्षेत्रको बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग आसपास बसोबास गर्ने ४५ वर्षीय हरिबहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्।

प्रहरीका अनुसार भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका र हाल सुनधारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेका थिए।

आरोपीहरूले आफूहरूको सर्वोच्च अदालतका न्यायाधीशहरूसँग राम्रो चिनजान रहेको र ‘सेटिङ’ मिलाएर धरौटीमा रिहा गराउन सकिने दाबी गरेका थिए। सोही बहानामा धरौटी रकम तथा वकिल खर्चको नाममा पीडितसँग ९ लाख रुपैयाँ मिठु मगरको बैंक खातामा जम्मा गराइएको प्रहरीले जनाएको छ।

रकम बुझाएपछि पनि प्रतिवादीहरू छुट्न नसकेपछि पीडितले शंका व्यक्त गरेका थिए। अनुसन्धानका क्रममा ठगी पुष्टि भएपछि प्रहरीले दुवै जनालाई मण्डिखाटार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Previous Post

मध्यपूर्वमा ३६ लाख रोजगारी जोखिममा, १७ लाख नेपाली युवा र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर खतरा

Next Post

मधेश प्रदेशमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै, महिला र बालबालिकासहित हजारौं पीडित

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मधेश प्रदेशमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै, महिला र बालबालिकासहित हजारौं पीडित

मधेश प्रदेशमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै, महिला र बालबालिकासहित हजारौं पीडित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l