Monday, March 30, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

राष्ट्र आवाज by राष्ट्र आवाज
March 28, 2026
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक
0
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १४ चैत — नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको गुण्डुस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का को नेतृत्वमा गएको प्रहरी टोलीले आज बिहानै ओली निवासमा प्रवेश गरी उनलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले पनि पक्राउको पुष्टि गर्दै भने, “हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणमा लिएका छौं।”

प्रहरी स्रोतका अनुसार ओलीलाई पक्राउ गर्न रातिदेखि नै निगरानी बढाइएको थियो। बिहानै सञ्चालन गरिएको अपरेशनमार्फत उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

यसैबीच, ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखक लाई पनि आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरेको छ।

प्रहरीले पक्राउको कारणबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

Previous Post

Next Post

पक्राउ परेका रमेश लेखकलाई काठमाडौं जिल्ला प्रहरी परिसर ल्याइँदै

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पक्राउ परेका रमेश लेखकलाई काठमाडौं जिल्ला प्रहरी परिसर ल्याइँदै

पक्राउ परेका रमेश लेखकलाई काठमाडौं जिल्ला प्रहरी परिसर ल्याइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l