नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार सुन २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको छ, जुन मंगलबारको ४ हजार ५०५ रुपैयाँको तुलनामा बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरूले बताएका छन्।

