Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

इरान तनावका बीच कच्चा तेलको मूल्य पुनः उकालो, ब्रेन्ट १०३ डलर नाघ्यो

राष्ट्र आवाज by राष्ट्र आवाज
March 24, 2026
in अर्थ, विश्व, समाचार
0
इरान तनावका बीच कच्चा तेलको मूल्य पुनः उकालो, ब्रेन्ट १०३ डलर नाघ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इरानसँगको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पुनः उतार–चढाव देखिएको छ। सोमबार भारी गिरावट आएको ब्रेन्ट क्रुड को मूल्य मंगलबार फेरि बढेर प्रतिब्यारल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।

बीबीसी का अनुसार मंगलबार बिहान एशियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य ३.७५ प्रतिशतले वृद्धि भई १०३.६९ अमेरिकी डलर पुगेको छ। यसअघि सोमबार भने यसको मूल्यमा १० प्रतिशतभन्दा बढी गिरावट आएको थियो।

विश्लेषकहरूका अनुसार डोनाल्ड ट्रम्प ले इरानमाथि तत्काल आक्रमण नगर्ने घोषणा गरेपछि सोमबार तेलको मूल्य घटेको थियो। उनले इरानसँग चाँडै शान्ति सम्झौता हुन सक्ने संकेत पनि दिएका थिए।

तर, इरानले ट्रम्पको उक्त दाबी अस्वीकार गरेपछि बजारमा पुनः अनिश्चितता बढेको छ, जसका कारण तेलको मूल्यमा फेरि वृद्धि देखिएको हो।

अन्तर्राष्ट्रिय राजनीतिक तनावका कारण ऊर्जा बजारमा अझै अस्थिरता रहने अनुमान गरिएको छ।

Previous Post

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा सरकार

Next Post

पोखरिया नगरपालिकामा अख्तियारको छापा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पोखरिया नगरपालिकामा अख्तियारको छापा

पोखरिया नगरपालिकामा अख्तियारको छापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l