Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

समुदायमा आधारित रोग निगरानी अभिमुखीकरण सम्पन्न, ‘हेल्लो स्वास्थ्य १११५’ प्रयोगमा जोड

राष्ट्र आवाज by राष्ट्र आवाज
March 23, 2026
in समाचार, समाज, सम–सामयिक
0
समुदायमा आधारित रोग निगरानी अभिमुखीकरण सम्पन्न, ‘हेल्लो स्वास्थ्य १११५’ प्रयोगमा जोड
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 

समुदायमा देखिन सक्ने अनपेक्षित जनस्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी नियन्त्रण गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका को स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा तथा PHRD र UNICEF को सहयोगमा वडा नं. २ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा अनपेक्षित जनस्वास्थ्य घटना तथा रोगका लक्षणहरू देखिँदा त्यसको समयमै सूचना प्रवाह गर्नु अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिइयो। आमनागरिक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सामाजिक अगुवा तथा जनप्रतिनिधिहरूको सक्रिय भूमिका बिना यस्तो प्रणाली प्रभावकारी नहुने जानकारी सहभागीहरूलाई गराइएको थियो।

सहभागीहरूलाई टोल तथा समाजमा कुनै असामान्य स्वास्थ्य समस्या वा रोगका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा फोन, एसएमएस वा प्रत्यक्ष जानकारी गराउन आग्रह गरिएको थियो। साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा सञ्चालित निःशुल्क हटलाइन सेवा ‘हेल्लो स्वास्थ्य १११५’ मा समेत जानकारी दिन सकिने बताइएको छ।

कार्यक्रमका प्रशिक्षक राजिव चौधरी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र छपकैया–२ का अहेव भूषण गुप्ता ले अनपेक्षित जनस्वास्थ्य घटना के हो, किन समयमै सूचना आवश्यक हुन्छ र कस्ता लक्षण देखिएमा खबर गर्नुपर्ने भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए।

उनीहरूले समुदाय स्तरमै रोगको प्रारम्भिक पहिचान र सूचना संकलनले महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सबैको सक्रिय सहभागितामा मात्र स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउन सकिने बताएका छन्।

Previous Post

पर्सामा बुहारीको कुटपिटबाट वृद्धको मृत्यु

Next Post

चैती छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
चैती छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

चैती छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l