Thursday, April 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा पर्साका नवनिर्वाचित सांसदहरूलाई स्वागत तथा सम्मान

राष्ट्र आवाज by राष्ट्र आवाज
March 23, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा पर्साका नवनिर्वाचित सांसदहरूलाई स्वागत तथा सम्मान
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज उद्योग वाणिज्य संघ ले पर्सा जिल्लाबाट नवनिर्वाचित चारै जना प्रतिनिधिसभा सदस्यहरूलाई एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ।पर्साका चार निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरू हरि पन्त क्षेत्र नं. १, सुशील कुमार कानु क्षेत्र नं. २, रामाकान्त चौरसिया क्षेत्र नं. ३ र टेक बहादुर शाक्य क्षेत्र नं. ४ लाई संघका अध्यक्ष हरी गौतम ले सम्मान गरेका हुन्।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट विजयी सांसदहरूले पर्साका चारै क्षेत्रमा उल्लेख्य मत प्राप्त गरेको उल्लेख गरिएको थियो, जसले जिल्लामा नयाँ राजनीतिक सन्तुलन र जनसमर्थनको संकेत दिएको सहभागीहरूले बताएका थिए।

उक्त कार्यक्रममा उद्योग वाणिज्य महासंघ मधेश प्रदेश का अध्यक्ष एवं कार्यसमिति सदस्य अशोक टेमानी लगायतका उद्योगी–व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै संघका पदाधिकारीहरूले नवनिर्वाचित सांसदहरूसँग समन्वय गर्दै पर्साको आर्थिक विकास, व्यापार प्रवर्द्धन तथा उद्योग क्षेत्रका विभिन्न समस्याहरू समाधानका लागि सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका छन्। साथै, निजी क्षेत्र र सरकारबीचको सहकार्यले जिल्लाको समग्र आर्थिक गतिविधिलाई थप गतिशील बनाउने विश्वास समेत व्यक्त गरिएको छ।कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Previous Post

हर्मुज जलसन्धि बन्द गर्ने इरानको चेतावनी, मध्यपूर्वमा युद्धको खतरा चुलिँदै

Next Post

पर्सामा बुहारीको कुटपिटबाट वृद्धको मृत्यु

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्सामा बुहारीको कुटपिटबाट वृद्धको मृत्यु

पर्सामा बुहारीको कुटपिटबाट वृद्धको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l