Monday, March 30, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सूर्य मन्दिर समितिको कार्यकारिणी बैठक सम्पन्न, चैती छठ पर्वको तयारीबारे छलफल

राष्ट्र आवाज by राष्ट्र आवाज
March 20, 2026
in समाचार, समाज, सम–सामयिक
0
सूर्य मन्दिर समितिको कार्यकारिणी बैठक सम्पन्न, चैती छठ पर्वको तयारीबारे छलफल
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

रक्सौल : शुक्रबार थाना परिसरमा सूर्य मन्दिर समिति, रक्सौलको कार्यकारिणी बैठक पदेन अध्यक्ष तथा स्थानीय विधायक प्रमोद कुमार सिन्हाको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा संरक्षक तथा अनुमण्डल पदाधिकारी मनीष कुमार, थानाध्यक्ष हेमन्त सिंह (एएसपी) लगायत अन्य कार्यकारिणी सदस्यहरूको उपस्थिति रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै विधायक सिन्हाले आगामी चैती छठ पर्वलाई लक्षित गर्दै सूर्य मन्दिरस्थित छठ घाटको सरसफाइ तथा आवश्यक व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे। उनले समयमै सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिँदै निकट भविष्यमा समितिको नयाँ कार्यकारिणी गठन गर्ने तथा मन्दिर परिसरका सटर (शेड) पसलहरूको भाडा नवीकरण र नयाँ सम्झौता प्रक्रिया अगाडि बढाउने विषयमा पनि चर्चा गरे।
त्यस्तै, अनुमण्डल पदाधिकारी मनीष कुमार र थानाध्यक्ष हेमन्त सिंहले छठ पर्वका अवसरमा सुरक्षा व्यवस्था कडा बनाउने तथा व्रतालु र श्रद्धालुहरूको सुविधा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्दिर समितिका सचिव शम्भु प्रसाद चौधरी, कोषाध्यक्ष गणेश अग्रवाल तथा मिडिया प्रभारी रजनीश प्रियदर्शीले संयुक्त रूपमा मन्दिर परिसर र पोखरीको सरसफाइ कार्य केही दिनदेखि निरन्तर भइरहेको जानकारी दिए। छठ पर्वअघि भव्य पण्डाल निर्माण तथा विद्युत सजावटको व्यवस्था पनि गरिने जनाइएको छ।

बैठकमा सिटी म्यानेजर अविनाश कुमार, सरसफाइ प्रभारी कन्हैया यादव, वडा पार्षद सुरेश कुमार, दीपक कुमार गुप्ता, नगर परिषद्का प्रतिनिधिहरू तथा समितिका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकसम्बन्धी जानकारी मिडिया प्रभारी रजनीश प्रियदर्शीले दिएका हुन्।

Previous Post

रेडियो धनुषाको वार्षिकोत्सवमा पत्रकार माधुरी महतो उत्कृष्ट महिला पत्रकारका रूपमा सम्मानि

Next Post

मारवाडी प्रिमियर लिग–३ : आठौं दिनका खेल सम्पन्न, धौलागिरी बौधिमाई विजयी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मारवाडी प्रिमियर लिग–३ : आठौं दिनका खेल सम्पन्न, धौलागिरी बौधिमाई विजयी

मारवाडी प्रिमियर लिग–३ : आठौं दिनका खेल सम्पन्न, धौलागिरी बौधिमाई विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l