Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रेडियो धनुषाको वार्षिकोत्सवमा पत्रकार माधुरी महतो उत्कृष्ट महिला पत्रकारका रूपमा सम्मानि

राष्ट्र आवाज by राष्ट्र आवाज
March 20, 2026
in समाचार, समाज, सम–सामयिक
0
रेडियो धनुषाको वार्षिकोत्सवमा पत्रकार माधुरी महतो उत्कृष्ट महिला पत्रकारका रूपमा सम्मानि
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

धनुषा — रेडियो धनुषा ९९.७ मेगाहर्जले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा मधेस प्रदेशकी पत्रकार माधुरी महतोलाई उत्कृष्ट महिला पत्रकारका रूपमा सम्मानित गरेको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्दै उनलाई सम्मान गरिएको हो।

धनुषाधाम नगरपालिका–३ मा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा सांसद मातृका प्रसाद यादवको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादव र ग्रेटर मधेस मिडिया प्रालि तथा रेडियो धनुषाका अध्यक्ष मुकेश कुमार ठाकुरले संयुक्त रूपमा महतोलाई सम्मान प्रदान गरेका थिए।

रेडियो धनुषाका अध्यक्ष ठाकुरका अनुसार पत्रकार महतोलाई रेडियो तथा पत्रकारितामार्फत आवाजविहीन समुदायको आवाज नीति निर्माण तहसम्म पुर्‍याउन गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

वीरगन्जलाई कर्मथलो बनाएर विगत १८ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएकी महतो हाल ‘मधेस खबर’ अनलाइन पत्रिकाकी सम्पादक हुन् भने BBC Nepali Service मा पनि कार्यरत छिन्। रेडियो पत्रकारितामा करिब डेढ दशकको अनुभव बटुलेकी उनले यसअघि पनि विभिन्न दर्जनौं पुरस्कार प्राप्त गरिसकेकी छन्।

यसै अवसरमा धनुषाका पत्रकार विजय साह (गोरखापत्र दैनिक), सिरहाका मनिलाल बिक (नयाँ पत्रिका) तथा रेडियो मिथिलामा कार्यरत मनिष मैथिललाई पनि सम्मानित गरिएको थियो।

Previous Post

मानवीय सेवामा युवा सक्रियता बढाउन पर्सामा RCAT गठन

Next Post

सूर्य मन्दिर समितिको कार्यकारिणी बैठक सम्पन्न, चैती छठ पर्वको तयारीबारे छलफल

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सूर्य मन्दिर समितिको कार्यकारिणी बैठक सम्पन्न, चैती छठ पर्वको तयारीबारे छलफल

सूर्य मन्दिर समितिको कार्यकारिणी बैठक सम्पन्न, चैती छठ पर्वको तयारीबारे छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l