Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्जको गीता मन्दिर रोडमा अनुगमन : सरसफाइ र मापदण्ड उल्लङ्घन गर्ने ४ व्यवसायलाई २५ हजार जरिवाना

राष्ट्र आवाज by राष्ट्र आवाज
March 20, 2026
in अर्थ, समाचार, समाज, सम–सामयिक
0
वीरगञ्जको गीता मन्दिर रोडमा अनुगमन : सरसफाइ र मापदण्ड उल्लङ्घन गर्ने ४ व्यवसायलाई २५ हजार जरिवाना
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जको मुख्य बजार क्षेत्र अन्तर्गत गीता मन्दिर रोड आसपास आज गरिएको संयुक्त अनुगमनमा सरसफाइ, मूल्यसूची तथा कानुनी कागजातमा लापरबाही गर्ने व्यवसायीमाथि कारबाही गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा खटिएको अनुगमन टोलीले विभिन्न होटल तथा रेष्टुरेन्टहरूको निरीक्षण गर्दै ४ वटा व्यवसायलाई कुल रु. २५ हजार जरिवाना गरेको हो।

अनुगमनका क्रममा फुड गार्डेन, लक्ष्मी सेकुवा होटल, नेवा सेकुवा पसः र सोखिन म:म सेन्टर लगायतका व्यवसायमा खाद्य स्वच्छता, सरसफाइ, मूल्यसूची तथा सञ्चालन मापदण्डको अवस्थाबारे सूक्ष्म रूपमा जाँच गरिएको थियो। टोलीले विशेषगरी भान्सा क्षेत्रको सरसफाइ, खाद्य सामग्री भण्डारण गर्ने तरिका, प्रयोग हुने पानीको गुणस्तर तथा कर्मचारीहरूको व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिएको जनाएको छ।

निरीक्षणका क्रममा केही व्यवसायमा आवश्यक मापदण्ड पूरा नगरेको, मूल्यसूची नराखिएको तथा आवश्यक कागजात अद्यावधिक नभएको पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिँदै जरिवाना गरिएको हो। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता कमजोरीलाई गम्भीर रूपमा लिँदै आगामी दिनमा पनि कडा निगरानी जारी रहने अनुगमन टोलीले स्पष्ट पारेको छ।

टोलीले व्यवसायीहरूलाई स्वच्छता र गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गर्दै उपभोक्तालाई सुरक्षित तथा स्वस्थ खाद्य सेवा उपलब्ध गराउन सचेत गराएको छ। साथै, मापदण्ड पालना नगरेमा थप कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

उक्त अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका मधुलेश प्रसाद साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका श्रवण कुमार साह, जिल्ला प्रशासन कार्यालयका ब्रह्मदेव यादव, उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल, वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक रामबाबू प्रसाद यादव तथा सञ्चारकर्मी अभिलाष गुप्ता लगायतको सहभागिता रहेको थियो।
अनुगमन टोलीले यस्ता बजार अनुगमन कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने जनाएको छ।

Previous Post

पर्सामा २० लाख रुपैयाँ अबैध रकमसहित एकजनासहित पक्राउ

Next Post

मानवीय सेवामा युवा सक्रियता बढाउन पर्सामा RCAT गठन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मानवीय सेवामा युवा सक्रियता बढाउन पर्सामा RCAT गठन

मानवीय सेवामा युवा सक्रियता बढाउन पर्सामा RCAT गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l