Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

उज्यालो नेपाल पार्टीद्वारा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग

राष्ट्र आवाज by राष्ट्र आवाज
March 18, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
उज्यालो नेपाल पार्टीद्वारा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं— उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। बुधबार जारी गरिएको विज्ञप्तिमा पार्टीले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्न ढिलाइ हुनु लोकतान्त्रिक मूल्यविपरीत भएको जनाएको हो।

पार्टीका अनुसार आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसके पनि हालसम्म सार्वजनिक नगरिनु दुःखद र चिन्ताजनक विषय भएको उल्लेख गरिएको छ। प्रतिवेदन गोप्य राख्दा नागरिकमा अन्योल, शंका तथा राज्यप्रतिको अविश्वास बढ्ने खतरा रहेको पार्टीको भनाइ छ। साथै, पीडित, घाइते तथा मृतकका परिवारले सत्य, न्याय र जबाफदेहिताको अपेक्षा गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

“आयोगका प्रतिवेदन केवल सरकारी फाइलमा सीमित रहने कागज होइनन्, ती सार्वजनिक सरोकार, संस्थागत सुधार र जिम्मेवारी निर्धारणका आधार बन्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ। “सत्य सार्वजनिक गरेर मात्र न्याय, सुधार र सामाजिक विश्वासको मार्ग खुल्छ।”

उज्यालो नेपाल पार्टीले सरकारसमक्ष पाँचबुँदे माग पनि अघि सारेको छ। जसमा प्रतिवेदन तत्काल सार्वजनिक गर्ने, ढिलाइको कारण र समयसीमा स्पष्ट पार्ने, निष्कर्षका आधारमा जिम्मेवारमाथि कानुनी कारबाही गर्ने, पीडितलाई न्याय र परिपूरणको अनुभूति गराउने तथा भविष्यमा यस्ता घटना नदोहरिने गरी सुरक्षा संयन्त्रमा सुधार गर्ने विषय समावेश छन्।

पार्टीका प्रवक्ता डा. राजु थापाले यो विषय केवल प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने प्रश्न नभई लोकतान्त्रिक शासन, सार्वजनिक उत्तरदायित्व र नागरिक विश्वाससँग जोडिएको गम्भीर मुद्दा भएको बताएका छन्। उनले सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।

Previous Post

शहरी गरिबी निवारण मंच द्वारा कलैया उपमहानगरको सहयोगमा बालबालिकाहरुमा शैक्षिक सामाग्री वितरण ।

Next Post

रवि लामिछानेले रास्वपा सांसद अभिमुखीकरणमा आज सम्बोधन गर्ने

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रवि लामिछानेले रास्वपा सांसद अभिमुखीकरणमा आज सम्बोधन गर्ने

रवि लामिछानेले रास्वपा सांसद अभिमुखीकरणमा आज सम्बोधन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l