चैत्र ३ बिरगंज । कलैया उपमहानगर को सहयोग तथा शहरी गरिबी निवारण मंचको आयोजनामा कलैया १ पर्सा र कट्टि क्षेत्रमा संचालन हुँदै आएका बाल शिक्षण केन्द्रमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ,७७ जना विद्यार्थी लाभान्वित ।
मंचका अध्यक्ष सुधाकर यादवको अध्यक्षता एवं वडा नं. १ का वडा अध्यक्ष मोहन बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य जोखनी देवी, ज्ञान ज्योति आधारभूत विद्यालयका शिक्षक रामायण महतो, लुमन्तीका प्रतिनिधि अनिल मण्डल , दिपशिखा महिला साकोसकी अध्यक्ष मंजु देवी को आतिथ्यतामा स्थानिय अग्रज महिला युवा लगायत मंचका पदाधिकारी सदस्यहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा मन्चका अमिन्द्र यादव र सृजना कुमारिले विगत ११ महिना देखि संचालनमा रहेको कक्षाको गतिविधि तथा बालबालिकामा आएको सकारात्मक परिवर्तनबारे जानकारी गराउनु भएको थियो ।
यस अवसरमा दुवै केन्द्रका कुल ७७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष मोहन बहादुर क्षेत्रीले शहरी गरिबी निवारण मंचसँगको सहकार्यमा हामीले वडाभित्र आवास कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्दै आएको र बालबालिकाको भविष्य निर्माणका लागि संचालन गरिएको बाल शिक्षण केन्द्रले सकारात्मक परिवर्तन ल्याएको देख्दा हामी अत्यन्त उत्साहित छौं। यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ सशक्त बनाउँदै लैजानेछौं । साथै, यो कक्षा चैत महिनाभर सञ्चालन हुनेछ र आगामी वर्षमा पनि यसका लागि वडाबाट आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता ब्यक्त गर्दै बालबालिकाको उज्ज्वल भविस्यको शुभकामना दिएका थिए ।
शैक्षिक सामाग्री पाएर बालबालिकाहरु निकै हर्षित भएको सो कार्यक्रमको सहजीकरण निवर्तमान अध्यक्ष रबिन्द्र प्रसाद साहले गरेका थिए भने स्वागत मन्तव्य किरण कुमारी दास ले व्यक्त गर्नुभएको थियो ।
कार्यकका अध्यक्ष एवं सहभागी अतिथीहरुले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्याउने विश्वासका साथ सम्पूर्ण सहयोगी, सहभागी तथा सरोकारवालाहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

