काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराई ले रामचन्द्र पौडेल सँग भेटवार्ता गरेका छन्।
भट्टराई सोमबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन्।
भेटका क्रममा भदौ २३ र २४ मा भएको घटनापछि उत्पन्न भएको अन्योल तथा अनिश्चितताको अवस्थामा संविधानको क्रियाशीलता र लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न राष्ट्रपतिले खेलेको अभिभावकीय भूमिकाप्रति धन्यवाद ज्ञापन गरेको भट्टराईले बताएका छन्।
भेटबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिले मुलुकलाई सही दिशानिर्देश दिएको भन्दै उच्च सम्मान व्यक्त गरेका छन्। साथै, राष्ट्रपतिबाट प्रेरणादायी सल्लाह तथा सुझाव प्राप्त भएको उल्लेख गर्दै उनले आभार व्यक्त गरेका छन्।
अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद