Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रतिनिधिसभा समानुपातिक सूचीमा मधेशी दलितलाई बेवास्ता गर्नु दुर्भाग्यपूर्ण : प्रभु साह

राष्ट्र आवाज by राष्ट्र आवाज
March 16, 2026
in राजनीति, विचार, समाचार, समाज
0
प्रतिनिधिसभा समानुपातिक सूचीमा मधेशी दलितलाई बेवास्ता गर्नु दुर्भाग्यपूर्ण : प्रभु साह
2
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – आम जनता पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रतिनिधिसभाको समानुपातिक सूचीमा मधेशी दलित समुदायलाई शून्य स्थान दिनुलाई सामाजिक विभेद र दुर्भाग्यपूर्ण घटना भएको बताएका छन्।

अध्यक्ष साहले भने, “दलित समुदायभित्र पनि अझ बढी अपहेलित मधेशी दलितलाई पूर्ण रूपमा बेवास्ता गर्नु सामाजिक न्याय र समावेशी लोकतन्त्रको सिद्धान्त विपरीत हो। यसले मात्र समुदायलाई पछाडि पार्दैन, बरु हाम्रो संवैधानिक व्यवस्थामाथि नै प्रश्न खडा गर्दछ।”

उहाँले नयाँ दल र पुराना दलबीच कुनै फरक नदेखिएको उल्लेख गर्दै, सबैले मधेशी दलितको प्रतिनिधित्व सुनिश्चित गर्न असफल भएको बताए। साहका अनुसार, यो विभेदले देशको लोकतान्त्रिक अभ्यास र संवैधानिक संरचनामाथि गम्भीर चुनौती खडा गरेको छ।

अध्यक्ष साहले सबै राजनीतिक दललाई मधेशी दलितको अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्दै, राज्यका सबै निकायमा समान अवसर र सम्मानजनक सहभागिता सुनिश्चित गर्न जोड दिएका छन्।

Previous Post

हर्मुज जलडमरूमध्य खुला राख्न ट्रम्पको आह्वान, भारतले इरानसँग कूटनीतिक संवादमा जोड

Next Post

वीरगञ्जमा ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सुरु

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगञ्जमा ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सुरु

वीरगञ्जमा ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l