Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

हर्मुज जलडमरूमध्य खुला राख्न ट्रम्पको आह्वान, भारतले इरानसँग कूटनीतिक संवादमा जोड

राष्ट्र आवाज by राष्ट्र आवाज
March 16, 2026
in राजनीति, विश्व, समाचार
0
हर्मुज जलडमरूमध्य खुला राख्न ट्रम्पको आह्वान, भारतले इरानसँग कूटनीतिक संवादमा जोड
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं— डोनाल्ड ट्रम्पले अफ होर्मुज खुला  खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आह्वान गरेका बेला भारतले  भने इरानसँग प्रत्यक्ष कूटनीतिक संवादमार्फत समाधान खोज्न जोड दिएको छ।

भारतका विदेशमन्त्री एस. जयशंकरले आइतबार प्रकाशित Financial Timesसँगको अन्तर्वार्तामा समस्या समाधानको उत्तम उपाय कूटनीतिक छलफल नै भएको बताएका हुन्।

उनका अनुसार Strait of Hormuzबाट जहाजहरूको सुरक्षित आवागमन कायम राख्न भारतले Iranसँग प्रत्यक्ष वार्ता गरिरहेको छ र त्यसबाट सकारात्मक परिणाम पनि देखिन थालेको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्धन बोकेका जहाजहरूको सुरक्षाका लागि China, France, United Kingdom, Japan र South Korea लगायत देशलाई युद्धपोत पठाउन आग्रह गरेका थिए।

तर विदेशमन्त्री एस. जयशंकरले भारतको दृष्टिकोण संवाद, समन्वय र कूटनीतिक समाधानतर्फ केन्द्रित रहेको बताएका छन्। उनले इरानसँगको वार्ताकै परिणामस्वरूप भारततर्फ ग्यास बोकेका दुई भारतीय झण्डाबाहक जहाज ‘शिवालिक’ र ‘नन्दा देवी’ सुरक्षित रूपमा जलडमरूमध्य पार गर्न सफल भएको उदाहरण दिएका छन्।

शनिबार ती जहाजहरूले करिब ९२ हजार ७१२ मेट्रिक टन तरल पेट्रोलियम ग्यास बोकेर Strait of Hormuz पार गर्दै भारततर्फ प्रस्थान गरेका थिए।

यसैबीच युरोपेली देशहरूले पनि यस्तो व्यवस्था अपनाउन सक्छन् कि भन्ने प्रश्नमा जयशंकरले प्रत्येक देशको इरानसँगको सम्बन्ध फरक हुने भएकाले सीधा तुलना गर्न कठिन हुने बताएका छन्।

सोमबार Brusselsमा हुने European Unionका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुनुअघि उनले उक्त टिप्पणी गरेका हुन्। बैठकमा रेड सागर क्षेत्रमा सञ्चालन भइरहेको ईयूको ‘एसपाइड्स’ नौसैनिक अभियानको दायरा हर्मुज जलडमरूमध्यसम्म विस्तार गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

Strait of Hormuz विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जुन Iran र Omanको बीचमा पर्छ। यसको साँघुरो भाग करिब ३३ किलोमिटर चौडा भए पनि जहाज सञ्चालन गर्न मिल्ने भाग करिब ११ किलोमिटर मात्रै छ।

विश्वमा दैनिक आपूर्ति हुने करिब २० प्रतिशत तेल र ग्यास यही मार्ग हुँदै ढुवानी हुने भएकाले यहाँको असुरक्षाले विश्वव्यापी ऊर्जा बजारमा प्रभाव पार्ने गरेको छ।

United States र Israelले Iranमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव बढेको छ। इरानले जलमार्ग आंशिक रूपमा मात्र खुला गरेको र अमेरिका तथा इजरायल बाहेक अन्य देशका जहाजलाई अवरोध नगरेको इरानी विदेशमन्त्री अब्बास अरघचीले बताएका छन्।

तर असुरक्षाका कारण सयौँ जहाज रोकिएका छन्, जसका कारण विश्वभर तेल तथा ग्यासको आपूर्ति प्रभावित भएको र मूल्यसमेत बढेको छ।

Previous Post

राजनीतिक नियुक्ति फिर्ता लिन प्रधानमन्त्री कार्कीलाई अध्यक्ष साहको माग

Next Post

प्रतिनिधिसभा समानुपातिक सूचीमा मधेशी दलितलाई बेवास्ता गर्नु दुर्भाग्यपूर्ण : प्रभु साह

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रतिनिधिसभा समानुपातिक सूचीमा मधेशी दलितलाई बेवास्ता गर्नु दुर्भाग्यपूर्ण : प्रभु साह

प्रतिनिधिसभा समानुपातिक सूचीमा मधेशी दलितलाई बेवास्ता गर्नु दुर्भाग्यपूर्ण : प्रभु साह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l