Thursday, April 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रवि लामिछानेविरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

राष्ट्र आवाज by राष्ट्र आवाज
March 16, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
रवि लामिछानेविरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

यसअघि आइतबार सुनुवाइका लागि पेश गरिएको उक्त रिटमा समय अभावका कारण सुनुवाइ हुन नसकेपछि अदालतले ‘हेर्दाहेर्दै’मा राख्दै सोमबारका लागि सुनुवाइ तोकेको थियो। आइतबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए।

यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि आइतबार पेश गर्न आदेश दिएको थियो।

सविता भण्डारी बरालले अघिल्लो सरकारको कार्यकालमा रवि लामिछानेविरुद्ध दायर गरिएका सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

उक्त निर्णयविरुद्ध युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

अब आज हुने सुनुवाइबाट उक्त निर्णयको वैधानिकता सम्बन्धमा अदालतले के निर्णय लिन्छ भन्ने विषयमा चासो बढेको छ।

Previous Post

वीरगञ्जमा प्रहरी कर्मचारीका लागि स्वास्थ्य तथा उत्प्रेरणा सम्बन्धी प्रशिक्षण सम्पन्न

Next Post

ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l