Saturday, April 4, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्जमा १२० विद्यार्थीलाई साइबर अपराध सम्बन्धी प्रशिक्षण

राष्ट्र आवाज by राष्ट्र आवाज
March 15, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार
0
वीरगञ्जमा १२० विद्यार्थीलाई साइबर अपराध सम्बन्धी प्रशिक्षण
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा वीरगञ्जमा १२० जना विद्यार्थीलाई साइबर अपराध सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ। प्रविधिको तीव्र विकाससँगै साइबर अपराधका घटनाहरू बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई सचेत बनाउन उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा खेतान बहुमुखी क्याम्पसका सल्लाहकार तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले प्रविधिको प्रयोग बढेसँगै साइबर अपराधको जोखिम पनि बढ्दै गएको बताए। उनले विशेषगरी माध्यमिक तहका कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे।

खेतानका अनुसार विद्यार्थीहरू नै प्रविधिको सबैभन्दा बढी प्रयोग गर्ने समूह भएकाले उनीहरूलाई साइबर सुरक्षाबारे ज्ञान दिनु अत्यन्त जरुरी छ। उनले साइबर अपराध जस्ता संवेदनशील विषयमा विद्यार्थीहरू स्वयं सचेत रहनुका साथै आफ्ना साथीभाइ तथा समुदायलाई पनि सचेत गराउनुपर्नेमा जोड दिए।

उनले समुदायमा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताउँदै आगामी दिनहरूमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख विक्रम सुबेदीले साइबर अपराधका विभिन्न प्रकार, सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा साइबर सुरक्षाका उपायबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले साइबर अपराधबाट कसरी सुरक्षित रहने भन्नेबारे महत्वपूर्ण जानकारी प्राप्त गरेका थिए।

आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा साइबर सुरक्षाबारे जागरूकता बढाउने र समाजमा हुने सम्भावित साइबर अपराध नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

Previous Post

पार्टीभित्रैबाट घेराबन्दीमा ओली

Next Post

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको ५७ नाम आयोगमा पठायो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको ५७ नाम आयोगमा पठायो

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको ५७ नाम आयोगमा पठायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l