Saturday, April 4, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

राष्ट्र आवाज by राष्ट्र आवाज
March 11, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
समानुपातिकमा पनि रास्वपाको अग्रता, ५० लाख मत कट्यो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वाधिक मत प्राप्त गरेको छ।

निर्वाचन आयोगका अनुसार रास्वपाले ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गर्दै समानुपातिकतर्फ ५८ सिट पाउने देखिन्छ। प्रत्यक्षतर्फ पहिले नै १२५ सिट जितिसकेको रास्वपाले यस परिणामसहित प्रतिनिधि सभामा दुई तिहाइ पुग्न एक सिट कम हुने अवस्था सिर्जना भएको छ। कुल २७५ सिट भएको प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक हुन्छ। तथापि, म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनलाई समर्थन गरेमा रास्वपाले १८४ सिट पुर्‍याउने अनुमान गरिएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस करिब ३४ लाख मत कम पाएको छ। कांग्रेसले समानुपातिकतर्फ २० सिट पाउने देखिन्छ। प्रत्यक्षतर्फ १८ सिट जितिसकेकाले कांग्रेसको सांसद संख्या ३८–४० पुग्ने अनुमान छ।

नेकपा एमाले ले समानुपातिकतर्फ १६ सिट पाउने देखिन्छ। प्रत्यक्षतर्फ ९ सिट जितिसकेको एमालेको कुल सिट संख्या २५ पुग्ने अनुमान छ।

चौथो स्थानको नेकपाले समानुपातिकतर्फ ९ सिट पाउने देखिन्छ। प्रत्यक्षतर्फ ७ सिट जितिसकेको यस पार्टीको कुल सिट संख्या १७ हुनेछ।

पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टी ले समानुपातिकतर्फ ४ सिट पाउने देखिन्छ। प्रत्यक्षतर्फ ३ सिट जितिसकेको पार्टीको कुल सिट संख्या ७ हुनेछ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ ४ सिट पाउने देखिन्छ। प्रत्यक्षतर्फ १ सिट जितिसकेको राप्रपा कुल ५ सिटसहित छैटौं दल बन्नेछ।

अन्य दलले अहिलेसम्म थ्रेसहोल्ड कटाउन सकेका छैनन्। जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी र जनमत पार्टीको समानुपातिक मत गणना जारी छ।

प्रत्यक्षतर्फको १६५ मध्ये १६४ स्थानको नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जित्दा कांग्रेस १८, एमाले ९, नेकपा ७, श्रम संस्कृति पार्टी ३, राप्रपा र स्वतन्त्र उम्मेदवारले १–१ सिट जितेका छन्। धनुषा–१ को मतपरिणाम भने विवादका कारण आयोगले औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

Previous Post

रास्वपा सांसद सुशील साह कानु र युवा नेता सुधिर पटेलद्वारा पर्साका मतदातालाई धन्यवाद

Next Post

जेन–जी आन्दोलनको दमनबारे आयोगको प्रतिवेदन : प्रहरीदेखि उच्च अधिकारीसम्म कारबाही सिफारिस

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जेन–जी आन्दोलनको दमनबारे आयोगको प्रतिवेदन : प्रहरीदेखि उच्च अधिकारीसम्म कारबाही सिफारिस

जेन–जी आन्दोलनको दमनबारे आयोगको प्रतिवेदन : प्रहरीदेखि उच्च अधिकारीसम्म कारबाही सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l