काठमाण्डाै – नेपाली बजारमा सुनको मूल्यमा आज उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १९ हजार रुपैयाँ पुगेको छ।
यस हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलाको ३ लाख १६ हजार ४०० रुपैयाँ रहेको थियो। सोमबार भने सुनको भाउ ३ हजार ७०० रुपैयाँले घटेको थियो भने मंगलबार ३ हजार ८०० रुपैयाँले बढेको थियो।
आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। चाँदी तोलामा ५ हजार ७२० रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ।

