चितवन –चितवन को इच्छाकामना गाउँपालिका–६ जलविरेमा बस दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ।
प्रहरीका अनुसार राति काँकडभिट्टा बाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस जलविरेमा दुर्घटनामा परेको हो।
दुर्घटनामा बस चालक मेचीनगर नगरपालिका–८ झापाका उदयमान राजवंशी, सहचालक २५ वर्षीय हेमबहादुर राजवंशी र पुतलीबजार नगरपालिका–९ स्याङ्जाका तुलबहादुर थापा को घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका २३ जनाको भरतपुर मा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद