Friday, April 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नेपालमा तेल आपूर्ति सहज हुने संकेत

राष्ट्र आवाज by राष्ट्र आवाज
March 11, 2026
in अर्थ, विश्व, समाचार, समाज
0
नेपालमा तेल आपूर्ति सहज हुने संकेत
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने संकेत देखिएको छ। नेपाललाई तेल आपूर्ति गर्ने भारत ले अब रूसी तेल खरिद गर्न पाउने भएपछि आपूर्ति सहज हुने अपेक्षा गरिएको हो।

इरान सम्बन्धी जारी द्वन्द्वका कारण खाडी क्षेत्रबाट तेल आपूर्ति प्रभावित भइरहेका बेला संयुक्त राज्य अमेरिका ले भारतलाई अस्थायी रूपमा रूस बाट तेल किन्न अनुमति दिएको जनाएको छ।

ह्वाइट हाउस का अनुसार इरानसँगको तनावका बीच ऊर्जा आपूर्ति कायम राख्न समुद्रमा पहिले नै लोड भइसकेको रूसी तेल भारतले स्वीकार गर्न अस्थायी अनुमति दिइएको हो।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिट ले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै डोनाल्ड ट्रम्प, अमेरिकी कोष सचिव स्कट बेसेन्ट र राष्ट्रिय सुरक्षा टोलीले संयुक्त रूपमा यस्तो निर्णय गरेको बताइन्।

उनका अनुसार भारतले पहिले प्रतिबन्धित रूसी तेल खरिद बन्द गरेर जिम्मेवार व्यवहार देखाएकाले अस्थायी रूपमा यस्तो अनुमति दिइएको हो।

लेभिटले विश्वव्यापी तेल आपूर्तिमा इरान संकटका कारण देखिएको अस्थायी अभाव पूर्ति गर्न यो निर्णय गरिएको बताइन्। उनका अनुसार समुद्रमा लोड भइसकेको र बाटोमा रहेको रूसी तेल स्वीकार गर्न दिइएको मात्र हो, जसले रूसी सरकारलाई ठूलो आर्थिक लाभ नपुग्ने दाबी पनि गरिएको छ।

Previous Post

रवि लामिछानेले बुझाए चुनावी खर्च

Next Post

चितवन बस दुर्घटना: चालक र सहचालकसहित तीन जनाको मृत्यु, २३ घाइते

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
नयाँ बानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन बस दुर्घटना: चालक र सहचालकसहित तीन जनाको मृत्यु, २३ घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l