काठमाडौं — नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँले बढेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको भाउ पनि आज बढेको छ। चाँदी तोलामा ३१० रुपैयाँले बढेर ५ हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यवृद्धिको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको भाउ बढेको व्यवसायीहरू बताउँछन्।

