Monday, March 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्जमा उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु, घटनाप्रति परिवारको शंका

राष्ट्र आवाज by राष्ट्र आवाज
March 2, 2026
in समाचार, समाज, सम–सामयिक
0
वीरगञ्जमा उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु, घटनाप्रति परिवारको शंका
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पर्सा, १८ फागुन । वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित एस.पी.एम. कार्टुन उद्योगमा आइतबार साँझ एक मजदुरको मेसिनमा च्यापिएर मृत्यु भएको छ।

साँझ करिब ५ बजे पर्सागढी नगरपालिका–५ हर्दिया टोलका २७ वर्षीय वीरेन्द्र पण्डितको उद्योगभित्रै काम गर्ने क्रममा मेसिनमा च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ।

मृतकका आफन्त उमेश पण्डितका अनुसार घटनाको समय र परिस्थितिलाई लिएर परिवारले शंका व्यक्त गरेको छ। उद्योगमा जडान गरिएको सीसीटीभी क्यामेरामा घटनाअघि र पछाडिको दृश्य देखिए पनि ठ्याक्कै घटना भएको समयको दृश्य नदेखिएको भन्दै परिवारले गम्भीर प्रश्न उठाएका छन्।

पीडित पक्षले सीसीटीभी फुटेजको अवस्था र घटनाको प्रकृति शंकास्पद देखिएको दाबी गर्दै प्रशासनसँग निष्पक्ष र गहिरो छानबिनको माग गरेका छन्। घटनापछि उद्योगका सञ्चालक भनिएका महेश शर्मा सम्पर्कमा नरहेको परिवारको आरोप छ। व्यवस्थापन पक्ष सम्पर्कमा नआउँदा परिवार आक्रोशित र चिन्तित बनेको छ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्सा ले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी अनुसन्धान सुरु गरिएको छ। सीसीटीभी फुटेज तथा प्राविधिक पक्षको सूक्ष्म विश्लेषण भइरहेको र छानबिनबाट दोषी देखिएका जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ।

मृतकको शव परीक्षणका लागि स्थलगत मुचुल्का प्रक्रिया पूरा भएपछि परिवारको सहमतिमा पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

Previous Post

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सीमा ७२ घण्टा बन्द

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l