लालबाबु सिंह १६ फाल्गुन बिरगंज । बिकन स्कुलमा आयोजित साइन्स एक्जिबिसन को प्रमुख अतिथी वरिष्ठ चिकित्सक राम प्रसाद यादव द्वारा शनिबार समुदघाटन गरि सुभारम्भ गरिएको छ । बिरगंज ४ भगवतीटोलमा स्थित बिकन स्कुलको प्राङ्गणमा आयोजित सो समारोहको अध्यक्षता बिकन स्कुलका सन्चालक प्रकाश कुमार उपाध्याय,प्रमुख अतिथि चिकित्सक राम प्रसाद यादव , अतिथिहरु बिआइटी कलेज का निर्देशक राघिव हुसैन , नेपाल पत्रकार महासंघ पर्साका पुर्व उपाध्यक्ष युवराज खडका ,मुनलाइट स्कुल निर्देशक श्याम केसि,सुलभ केसि,ई राहुल गुप्ता,ई प्रीयान्सु कुमार गुप्ता,ई इकबाल हुसैन , बिरगंज कपडा बैंकका अध्यक्ष संचारकर्मी लालबाबु सिंह ,सन्चारकर्मिहरु जाकिर हुसैन , अभिलाष गुप्ता लगायत बिद्यार्थीहरुका अभिभावकहरु स्थानिय अग्रज, महिला ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो कार्यक्रममा कक्षा ३ देखि ९ सम्मका विद्यार्थी भाइबहिनी हरुले जनजिवनमा प्रयोग हुने विज्ञानका विभिन्न वस्तुहरु माथी आआफ्नो स्वविवेक प्रयोग गरि विभिन्न प्रदशनिहरु लाई बनाइ प्रदर्शन गरेर प्रमुख अतिथि अतिथिहरु,अभिभावकहरु, आगन्तुकहरुको मन जितेका थिए ।
सो अवसरमा प्रमुक्ख अतिथी यादवले मुर्तिकारले एउटा ढुङ्गा माथी असंख्य प्रहार गरेपछी विधा कि देवि सरस्वती माताको मुर्ती बनाउछ र तत्पश्चात त्यो मुर्ती पुजिन्छ त्यसैगरी तपाईहरुले पनि आआफ्नो दिमागमा असंख्य प्रहार खेप्दै मेहनतले आफुलाइ सबल राष्ट्रसेवक बन्न सक्नुहुन्छ र आज तपाइको मेहनत देखेर म निकै खुशी भएको छु भन्दै गुरुहरुले पढाएका सिकाएका कुराहरुलाइ मनन गरि अगाडि बढनुस तपाई सबैको जय हुनेछ भन्दै सहभागी सम्पुर्ण बिद्यार्थी भाइबहिनिहरुलाइ उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।
सो हि अवसरमा अतिथी वक्ताहरुले ससाना विद्यार्थी भाइबहिनीहरुको प्रतिभा योग्यता देखेर खुशी भएको बताउद्सी यस्ता कार्यक्रमहरुको निरन्तरताले विद्यार्थीहरुको साथै देश समाजको भविस्य उज्ज्वल एवं सुख्द हुने बताउदै विद्यार्थीहरु एवं स्कुल परिवारलाइ हार्दिक बधाई शुभकामना दिएका थिए ।
कार्यक्रममा अध्यक्षता गरिरहेका स्कुलका संचालक समाजसेवी उपाध्यायले विद्यार्थी भाइबहिनिको पढाइ को साथै लुकेका प्रतिभाहरु लाई बाहिर ल्याउन विभिन्न समयमा विभिन्न कार्यक्रम मार्फत हामिले सक्दो प्रयास गरिरहन्छौ र हाम्रा बिद्यार्थीहरुको आजको प्रदर्शन हेर्दा आफुलाइ निकै खुशी एवं गर्व लागेको बताए ।
सो कार्यक्रममा स्वागत मन्तव्य कक्षा ७ का बिद्यार्थी आदित्य रौनियारले गरेका थिए भने प्रमुख अतिथी,अतिथीहरुलाइ स्कुलका प्रधानाध्यापक जय कुमार दनुवारले खादा लगाइ स्वागत गरेका थिए साथै संचालक उपाध्याय एवं मुना खनालले मायाको चिनो प्रदान गरि सम्मान गरेका थिए ।
