Saturday, February 28, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन सरकारको आग्रह

राष्ट्र आवाज by राष्ट्र आवाज
February 28, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन सरकारको आग्रह
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — मध्यपूर्वमा विकसित हुँदै गएको तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकार ले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालय ले शनिबार एक एडभाइजरी जारी गर्दै तत्कालका लागि यी दुई देशतर्फ यात्रा नगर्नसमेत अनुरोध गरेको हो।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा इजरायल र इरानमा रहेका नेपालीहरूलाई सम्बन्धित देशका सरकारी तथा सुरक्षा निकायले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरिएको छ। नागरिकहरूलाई सकेसम्म घरभित्रै बस्न, अत्यन्त चनाखो रहन, आवश्यक सावधानी अपनाउन तथा आफू रहेको क्षेत्रका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन सुझाव दिइएको छ। साथै, स्थानीय अधिकारीको पूर्व स्वीकृति बिना कुनै पनि यात्रा नगर्न मन्त्रालयले सचेत गराएको छ।

रोजगारी वा अन्य प्रयोजनका लागि इजरायल वा इरान जाने तयारीमा रहेका नेपाली नागरिकलाई अवस्था सामान्य नभएसम्म आफ्नो यात्रा योजना स्थगित गर्न कडा सुझाव दिइएको छ।

यसैगरी, मध्यपूर्वका अन्य देशहरूमा बसोबास गर्ने तथा कार्यरत नेपालीहरूलाई पनि विकसित घटनाक्रमको निरन्तर निगरानी गर्न र सम्बन्धित देशका अधिकारीहरूले सुझाएका पूर्वसावधानीका उपायहरू अवलम्बन गर्न आग्रह गरिएको छ।

कुनै आपत्कालीन अवस्था उत्पन्न भएमा वा आवश्यक जानकारी तथा समन्वयका लागि नागरिकहरूलाई काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, इजरायलको तेल अविवस्थित नेपाली राजदूतावास तथा कतारको दोहास्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ।

Previous Post

मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आग्रह

Next Post

वीरगञ्जमा बिकन स्कूलको भव्य साइन्स एक्जिबिशन सम्पन्न, वरिष्ठ चिकित्सक राम प्रसाद यादवद्वारा उद्घाटन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगञ्जमा बिकन स्कूलको भव्य साइन्स एक्जिबिशन सम्पन्न, वरिष्ठ चिकित्सक राम प्रसाद यादवद्वारा उद्घाटन

वीरगञ्जमा बिकन स्कूलको भव्य साइन्स एक्जिबिशन सम्पन्न, वरिष्ठ चिकित्सक राम प्रसाद यादवद्वारा उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l