Saturday, February 28, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भारतसंग जोडिएको पर्साको सीमा निर्वाचनको ७२ घण्टाअघि बन्द गर्ने निर्णय

राष्ट्र आवाज by राष्ट्र आवाज
February 28, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
भारतसंग जोडिएको पर्साको सीमा निर्वाचनको ७२ घण्टाअघि बन्द गर्ने निर्णय
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा भारतसँग जोडिएका सबै सीमा नाकाहरू फागुन १८ गते राति १२ बजेबाट फागुन २१ गते राति १२ बजेसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आज जारी गरेको सूचनामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उक्त निर्णय गरिएको जनाइएको छ।

प्रशासनका अनुसार तोकिएको अवधिमा अत्यावश्यक सेवाबाहेक सबै सीमा आवतजावतमा रोक लगाइनेछ। साथै, होली तथा सामुदायिक पर्व जस्ता सामाजिक कार्यक्रम मनाउन पनि कडाइ गरिएको छ। सार्वजनिक स्थलमा भीडभाड, जुलुस, र्‍याली, हो–हल्ला, मादक पदार्थ सेवन गरी अशान्ति फैलाउने गतिविधि तथा मोटरसाइकल प्रयोग गरी होली मनाउने कार्य निषेध गरिएको छ।

निर्वाचन मौन अवधिभर कुनै पनि राजनीतिक दल वा उम्मेदवारले प्रचारप्रसार, झन्डा–ब्यानर प्रदर्शन, डीजे वा अन्य ध्वनि प्रदूषण गर्ने गतिविधि गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ।

आदेश उल्लङ्घन गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै सबै सरोकारवालालाई निर्वाचन आचारसंहिता पालनाका लागि आग्रह गरिएको छ।

Previous Post

हरि पन्तको तीव्र चुनावी दौड : हरपतगन्जदेखि भेडिआहीसम्म रास्वपाको अभियान उकालोमा

Next Post

पर्सा–२ निर्वाचन: बीना जैसवाल कुर्मीले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास एजेन्डा सार्वजनिक

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्सा–२ निर्वाचन: बीना जैसवाल कुर्मीले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास एजेन्डा सार्वजनिक

पर्सा–२ निर्वाचन: बीना जैसवाल कुर्मीले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास एजेन्डा सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l