Saturday, February 28, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

हरि पन्तको तीव्र चुनावी दौड : हरपतगन्जदेखि भेडिआहीसम्म रास्वपाको अभियान उकालोमा

राष्ट्र आवाज by राष्ट्र आवाज
February 28, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
हरि पन्तको तीव्र चुनावी दौड : हरपतगन्जदेखि भेडिआहीसम्म रास्वपाको अभियान उकालोमा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्।
वीरगञ्ज महानगरपालिका–हरपतगन्जमा आयोजित कोणसभामा उम्मेदवार पन्तले मतदातासमक्ष आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै पुराना राजनीतिक दलप्रति असन्तुष्टि जनाए। महेश यादवको सभापतित्वमा सम्पन्न उक्त सभामा उनले विगतका सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

“पुरानै राजनीतिक शैलीबाट देशको समुचित विकास सम्भव छैन,” पन्तले भने, “नयाँ सोच, स्पष्ट भिजन र जनउत्तरदायी नेतृत्व आवश्यक छ। रास्वपा त्यसैका लागि चुनावी मैदानमा उत्रिएको हो।”

उनले मतदातालाई यसपटक मत परिवर्तनमार्फत देशमा ठोस परिवर्तनको आधार तयार गर्न आग्रह गरे। “जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धतासहित हामी अघि बढेका छौं,” उनले दोहोर्‍याए।

कार्यक्रममा सहभागी स्थानीय वक्ताहरूले यसपटक घण्टी छापका उम्मेदवार पन्तलाई विजयी गराउन प्रतिबद्ध रहेको जनाए। उनीहरूले क्षेत्रीय विकास, रोजगारी सृजना र सुशासनका लागि पन्त नै उपयुक्त विकल्प भएको दाबी गरे।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका वडा नम्बर–२२ जगरनाथपुरमा पनि रास्वपाले कोणसभा सम्पन्न गरेको छ। पार्टीका संयोजक युवराज पटेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सभापति तथा उम्मेदवार हरि पन्त प्रमुख अतिथिका रूपमा सहभागी भए।

पन्तले मन्तव्य राख्दै घण्टी छापमा मत दिन आग्रह गरे। उनले पुराना दलका नीतिका कारण युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै रास्वपाको विजयले मात्र औद्योगिक पुनर्जागरण सम्भव हुने दाबी गरे।

“वीरगञ्जका पुराना चिनी कारखानालगायत बन्द उद्योग पुनः सञ्चालन गर्ने स्पष्ट भिजन हामीसँग छ,” उनले भने। कार्यक्रममा सगीर अन्सारी, शिवजी ठाकुर, आनन्द शास, भगवान गिरी, नन्दु कुर्मी, उपेन्द्र पटेललगायत युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
यता शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ भेडिआहीमा उम्मेदवार पन्तले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा स्थानीयले यसपटक पन्तलाई संसद्मा पुर्‍याउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्।

कार्यक्रमका क्रममा नेकपा (एमाले) का कार्यकर्तासँग सामान्य तनावको स्थिति सिर्जना भए पनि पार्टीका नेता–कार्यकर्ताको सुझबुझ र सुरक्षाकर्मीको सक्रियताबाट सम्भावित भिडन्त टरेको बताइएको छ।

निर्वाचन नजिकिँदै जाँदा पन्तले आफ्नो अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन्। उनले घरदैलो, टोलसभा र युवाकेन्द्रित अन्तरक्रियामार्फत मतदातासँग प्रत्यक्ष संवाद बढाउने रणनीति लिएको जानकारी दिए।

पर्सा–१ मा पुराना दल र नयाँ शक्तिबीचको प्रतिस्पर्धा रोचक बन्दै गइरहेका बेला हरि पन्तको सक्रियता रास्वपाको चुनावी अभियानलाई उकालोमा पुर्‍याइरहेको देखिन्छ। अब मतदाताले कस्तो निर्णय गर्छन् भन्ने कुराले क्षेत्रको राजनीतिक भविष्य निर्धारण गर्नेछ।

Previous Post

गगनकुमार थापा आज वीरगञ्ज आउँदै ,रोड शोपछि कांग्रेस आमसभामा सम्बोधन गर्ने

Next Post

भारतसंग जोडिएको पर्साको सीमा निर्वाचनको ७२ घण्टाअघि बन्द गर्ने निर्णय

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
भारतसंग जोडिएको पर्साको सीमा निर्वाचनको ७२ घण्टाअघि बन्द गर्ने निर्णय

भारतसंग जोडिएको पर्साको सीमा निर्वाचनको ७२ घण्टाअघि बन्द गर्ने निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l